अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ
सारांश
- झापा, मोरङ, तनहुँ, सर्लाही, चितवन र मकवानपुरमा लागुऔषधसहित व्यक्तिहरू पक्राउ परेका छन्।
- मेचीपुल, चारआली चोक, र विभिन्न स्थानहरूमा ब्राउनसुगर, हेरोइन, गाँजा र ट्रामाडोल जस्ता लागुऔषध बरामद भयो।
- प्रहरीले विभिन्न स्थानमा छापा मारेर लागुऔषध ओसारपसारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको छ र थप अनुसन्धान भइरहेको छ।
काठमाडौं । झापाकाे भद्रपुर नगरपालिका–५ मेचीपुल बिटबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम १ सय ३० मिलिग्रामसहित सोही नगरपालिका–४ काठे पुल बस्ने ३० वर्षीय पुरण विश्वकर्मालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी झापा, मेचीनगर नगरपालिका–६ मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४५ ग्राम ९ सय ३० मिलिग्रामसहित दमक नगरपालिका–५ बस्ने ३१ वर्षीय राजु श्रेष्ठलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी झापाको मेचीनगर नगरपालिका–१३ चारआली चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६० ट्याब्लेट सहित सोही नगरपालिका–३ बाहुनडाँगी धरधरे बस्ने ३० वर्षीय प्रशान्त सेन्चुरीलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी चारआलिबाट खटिएको प्रहरीले प्र.१-०१-०१७ प ००६० नम्बरको स्कुटर जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।
मोरङको बिराटनगर महानगरपालिका–१६ दरैया चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ११ ग्राम २२ मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुन्दरहरैंचा नगरपालिका-१० बस्ने २८ वर्षीय सुशान्त पोखरेल र सोही महानगरपालिका-९ बस्ने ३८ वर्षीय चेवन धिमाल रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.४ प ७४२ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
तनहुँको व्यास नगरपालिका–४ भृकुटी मार्गबाट अवैध लागूऔषध गाँजा करिब २ किलो ३ सय ग्राम सहित ४ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २२ वर्षीय अटल तामाङ, २१ वर्षीय रोहित गुरूङ सोही नगरपालिका-१२ बस्ने २२ वर्षीय संगम थुङसिङ र २२ वर्षीय अर्जुन थापा रहेका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले अटलको कोठा तलासी गर्दा उक्त गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
सर्लाहीको धनकौल गाउँपालिका-४ हरकठवा नयाँटोलबाट अवैध लागूऔषध गाँजा करिब ११ किलो ४ सय २० ग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३७ वर्षीय सुरेन्द्र राय र मकवानपुर राक्सिराङ्ग गाउँपालिका-६ बस्ने ३१ वर्षीय आकास प्रजा रहेका छन् । इलाका प्रहरी कार्यालय हकठवाबाट खटिएको प्रहरीले बिआर ३० आर २९९७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।
चितवनको रत्ननगर नगरपालिका-२ सिनेमा रोडबाट नियन्त्रित लागूऔषध प्रोमेथिन ८० ट्याब्लेट र ट्रामाडोल ७३ ट्याब्लेट सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा खैरहनी नगरपालिका-८ बस्ने २३ वर्षीया चन्दना परियार र काठमाडौं धापासी बस्ने २३ वर्षीया पवित्रा खत्री रहेका छन् । इलाका प्रहरी कार्यालय टाँडीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१५ रातोमाटेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ सय ९० मिलिग्राम सहित सोही उपमहानगरपालिका-११ थानाभर्याङ बस्ने २० वर्षीय सतिश मगरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले वीरगंजबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०३-००१ ज १०९४ नम्बरको गाडीमा सवार उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोदावरी नगरपालिकाका प्रशासकीय अधिकृत चढ्ने स्कोर्पियो चोरी
-
सगरमाथामा ‘चमत्कार’ : सात दिनपछि ‘डेथ जोन’ बाट कसरी जीवितै फर्किए दावा शेर्पा ?
-
ट्रम्पद्वारा ८ हजार संघीय कर्मचारीलाई हटाउने आदेशमा हस्ताक्षर
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण