कांग्रेस बैठकमा मंगलादेवीको जन्म जयन्तीमा विशेष महाधिवेशन गर्न प्रस्ताव
सारांश
- नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा मंगलादेवी सिंहको जन्म जयन्तीमा विशेष महाधिवेशन गर्ने प्रस्ताव पेस गरिएको छ।
- केन्द्रीय सदस्य मधु आचार्यले मङ्सिर २४ गते विशेष महाधिवेशन गर्न प्रस्ताव गरेका हुन्।
- यसअघि गगन थापा र महेन्द्र यादवले पनि महाधिवेशनको मिति प्रस्ताव गरेका थिए।
काठमाडौँ । मंगलादेवी सिंहको जन्म जयन्तीमा विशेष महाधिवेशन गर्ने प्रस्ताव नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा गरिएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा शुक्रबार केन्द्रीय सदस्य मधु आचार्यले सिंहको जन्म जयन्ती रहेको मङ्सिर २४ गते विशेष महाधिवेशन गर्न प्रस्ताव गरेका हुन् ।
‘नेपाली कांग्रेसको विधानमा व्यवस्था भएको धारा १७ (२) अनुसार मंगलादेवी सिंहको जन्म जयन्तीका दिन मङ्सिर २४ गते बाट सुरु हुने गरेर विशेष महाधिवेशन आयोजना गरौँ,’ आचार्यले बैठकमा भने ।
कांग्रेस केन्द्रीय कार्यसमितिमा महाधिवेशनबारे प्रस्तुत भएको यो तेस्रो मिति हो । यसअघि मंगलबारको बैठकमा महामन्त्री गगन थापाले पुस १६ देखि १९ गतेसम्म र सहमहामन्त्री महेन्द्र यादवले वैशाख २७ देखि ३० गतेसम्म महाधिवेशन प्रस्ताव गरेका थिए ।
आचार्यले पार्टीमा सभापतिको सहमतिमा महामन्त्रीले एजेन्डा प्रस्तुत गर्ने व्यवस्था भए पनि सहमहामन्त्री यादवले काउन्टर दिएको भन्दै त्यसको बदलामा आफूले मङ्सिर २४ गते विशेष महाधिवेशन गर्ने प्रस्ताव प्रस्तुत गरेको बताए ।
गत असोज २९ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई २ हजार ४ सय ८८ महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर बुझाएका थिए । त्यसैलाई टेकेर विशेष महाधिवेशनको मितिको प्रस्ताव आचार्यले बैठकमा गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल र विश्वलाई जोड्न डायस्पोरा पत्रकारको भूमिका महत्त्वपूर्ण : निर्मला शर्मा
-
राज्य र पत्रकारिता एक अर्काका प्रतिद्वन्द्वी होइनन्, परिपूरक हुन् : कार्यवाहक राजदूत पौडेल
-
पछिल्लो वर्ष नेपालमा पर्यटक आगमन १२ लाखभन्दा बढी, २५ प्रतिशत भारतबाट
-
नेपालको समृद्धिका लागि एनआरएनए र पत्रकारबिच बलियो सहकार्य आवश्यक : रोविन शेरचन
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्ति गर्ने निर्णयका विरुद्ध प्रदर्शन (तस्बिरहरू)
-
हरिशयनी एकादशी : नारायण मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण