आइतबार, २८ असार २०८३
ताजा लोकप्रिय

राष्ट्रिय स्वतन्त्र पार्टीका सदस्य २ लाख ४१ हजार ७९९

शुक्रबार, २१ कात्तिक २०८२, १७ : १३
शुक्रबार, २१ कात्तिक २०८२

सारांश

  • रास्वपाका अनुसार देशभर २ लाख ४१ हजार ७९९ पार्टी सदस्य रहेका छन्।
  • प्रमाणित सदस्य संख्या १ लाख ७३ हजार ५९ जना रहेको छ, जसमा विभिन्न समुदायको प्रतिनिधित्व छ।
  • पार्टीले सातै प्रदेशमा सशक्त उपस्थिति जनाएको छ, तर केही स्थानमा संगठन विस्तारको कार्य जारी छ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कुल पार्टी सदस्य २ लाख ४१ हजार ७९९ जना रहेका छन् । चितवनको सौराहामा जारी केन्द्रीय समितिको विस्तारित भेलामा महामन्त्री कवीन्द्र बुर्लाकोटीले पेस गरेको सांगठानिक प्रतिवेदनमा त्यति सङ्ख्यामा पार्टी सदस्य रहेको उल्लेख छ ।

जसमध्ये प्रमाणित भएको सदस्य सङ्ख्या भने १ लाख ७३ हजार ५९ जना रहेको बुर्लाकोटीले पेस गरेको प्रतिवेदनमा उल्लेख छ । त्यसमध्ये मधेसी ४ प्रतिशत, थारु १.५ प्रतिशत, मुस्लिम १ प्रतिशत, महिला १४ प्रतिशत, आदिवासी जनजाति १९.३ प्रतिशत र दलित ७.३ प्रतिशत रहेका छन् ।

पार्टीको सातै प्रदेशमा सशक्त प्रदेश रहेको पनि रास्वपाले जनाएको छ । प्रदेशमा विभागहरू गठन हुने क्रममा रहेको तथा डोल्पा, मनाङ र मुस्ताङ बाहेकका ७४ जिल्लामा जिल्ला समिति रहेको रास्वपाले जनाएको छ । 

डोल्पा, मनाङ र मुस्ताङमा  सदस्यहरू रहेको र सङ्गठनका प्रयासहरू जारी रहेको रास्वपाले जनाएको छ । ‘अहिले पार्टीको वडा र पालिका अधिवेशनहरूको निरन्तरता छ । केही जिल्ला समेत अधिवेशनको लागि तयार अवस्थामा छ । तर अझै ४४८७ वडा र २८९ पालिकामा हामीले सङ्गठन निर्माणको कार्य पुर्याउन सकेका छैनौँ’, बुर्लाकोटीको प्रतिवेदनमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप