त्रिवि चमेना गृह निर्माणमा अवरोध गर्ने विद्यार्थी नेताहरूलाई व्यवसायीको चेतावनी
सारांश
- त्रिवि निर्माणाधीन चमेना गृहको काममा अवरोध गर्ने विद्यार्थी नेताहरूलाई निर्माण व्यवसायीले चेतावनी दिए।
- निर्माण व्यवसायीले विद्यार्थी संगठनका नेताहरूले पैसा असुल्ने गरेको आरोप लगाएका छन्।
- उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रारको कार्यालयबीच चमेना गृह परियोजना विद्यार्थीको विरोधका कारण रोकिएको थियो।
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा निर्माणाधीन चमेना गृह भवनको काममा अवरोध गर्ने विद्यार्थी नेताहरूलाई निर्माण व्यवसायीहरूले चेतावनी दिएका छन् । निर्माण व्यवसायीहरूले विद्यार्थी सङ्गठनका नेताहरूले काम सुरु भएपछि विभिन्न बहानामा अवरोध गर्ने र पैसा असुल्ने गरेको आरोप लगाएका हुन्।
उनीहरूले आगामी दिनमा यस्तो गतिविधि भए मौन नबस्ने बताएका छन् । निर्माण व्यवसायी समन महर्जनले त्रिवि बोर्डमा ठेक्का निर्णय प्रक्रियामा विद्यार्थी सङ्गठनका प्रतिनिधिहरू सहभागी हुने गरेको तर काम सुरु भएपछि उनीहरू नै निर्माण रोक्ने र दबाब दिने गरेको बताएका छन्। ठेक्का प्रक्रियामा विद्यार्थी नेताहरू बोर्डमा बसेर निर्णय गर्ने गरेको उनको भनाइ छ तर काम सुरु भएपछि पैसा माग्ने गरेको महर्जनले जानकारी दिए।
महर्जनले यदि सो क्षेत्र वन वा हरियो क्षेत्र जोगाउनुपर्ने थियो भने ठेक्का अघि नै जानकारी दिनुपर्ने बताएका छन्। उनले केही त्रिवि कर्मचारीले विद्यार्थीलाई उचालेर व्यवसायीसँग पैसा असुल्न लगाउने गरेको गम्भीर आरोप लगाएका छन्।
व्यवसायी महर्जनले विद्यार्थीको नाममा गुण्डाहरूले धम्की दिने, थर्काउने र पैसा माग्ने काम गर्ने गरेको बताउँदै यस्ता गतिविधिमा संलग्नहरूलाई कीर्तिपुरवासीले ‘तह लगाउने’ चेतावनी दिएका छन्।
उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रारको कार्यालयबिच निर्माण हुन लागेको चमेना गृह परियोजना गत मङ्गलवार विद्यार्थीको विरोधका कारण अस्थायी रूपमा रोकिएको थियो। साउनबाट सुरु भएको निर्माणमा विद्यार्थीले रुख नकाट्न र क्याफ्टेरिया नबनाउन दबाब दिँदै आएका थिए।
मङ्गलवार विद्यार्थी र व्यवसायीबिच झडपको अवस्था सिर्जना भएको थियो । निर्माण व्यवसायीहरूले यस्ता अवरोधले परियोजनामा ठुलो क्षति पुग्ने भन्दै त्रिवि प्रशासनसँग तत्काल समाधान खोज्न माग गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्राकृतिक स्रोत साधन संरक्षण र राष्ट्रियकरण गर्नुपर्ने अवधारणा वीपीको : गगन थापा
-
कांग्रेसको ग्रीन रन प्रतियोगितामा मुकेश पाल प्रथम
-
मधेस प्रदेश सरकारद्वारा सिरहा र सप्तरीका एक हजार २०१ परिवारलाई आवास निर्माण
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण