नेपाली कम्युनिस्ट पार्टीले सबै प्रदेशमा एकता सन्देश कार्यक्रम चलाउने
काठमाडौँ । नवगठित नेपाली कम्युनिष्ट पार्टीले केही महत्त्वपूर्ण निर्णयहरू गरेको छ ।
पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाद्वारा शनिबार जारी प्रेस नोटमा बैठकले आगामी दिनमा पार्टीका कार्यक्रमहरूलाई थप व्यवस्थित र प्रभावकारी बनाउनेमा जोड दिएको छ । बैठकले सबै प्रदेशहरूमा एकता सन्देश सभाका कार्यक्रमहरू सञ्चालन गर्ने निर्णय गरेको छ । जसले पार्टी एकताको सन्देशलाई देशभर फैलाउने लक्ष्य राखेको छ ।
त्यसैगरी घोषित निर्वाचनको तयारीसम्बन्धी कार्यक्रमहरूलाई व्यवस्थित र प्रभावकारी ढङ्गले अभियानका रूपमा अगाडि बढाउने निर्णय पनि बैठकमा निर्णय गरिएको छ । यो निर्णयले आसन्न निर्वाचनका लागि पार्टीको तयारीलाई तीव्रता दिने सङ्केत गरेको छ ।
पार्टी बैठकले जनवर्गीय संगठन, मोर्चा तथा सहायक संगठनहरूलाई सम्बन्धित तहका पार्टीसँग समन्वय गरी जनपरिचालन गर्न निर्देशित गरेको छ । यसबाट पार्टीका विभिन्न भ्रातृ संगठनहरूलाई सक्रिय बनाई जनस्तरमा पार्टीको उपस्थिति बलियो बनाउने उद्देश्य राखिएको छ ।
पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा पार्टी संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'को अध्यक्षतामा बैठक बसेको थियो ।
_Ghk2pNwRhO.png)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक रोजगारी तत्काल रोक्न सकिँदैन, सुरक्षित र मर्यादित बनाउन सरकार केन्द्रित : मन्त्री यादव
-
पर्वतको बन्जिसाईड भिरबाट हामफालेका व्यक्तिको शव निकालियो
-
बिहेको दुई महिनाअघि रुसी आक्रमणमा ज्यान गुमाए भारतीय नाविकले, भारतद्वारा रुसी कूटनीतिज्ञलाई ध्यानाकर्षण
-
चोभार गेटमा बस, ट्यांकर र बाइक एकआपसमा ठोक्किए (तस्बिरहरु)
-
प्यारामाउन्ट–वार्नर ब्रदर्स विलय सम्झौतामाथि अमेरिकी अदालतले लगायो अस्थायी रोक
-
यी हुन् मिर्गौला क्यान्सरका संकेत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण