द कम्पोजर’स डेस्क : लोक र आधुनिक वाद्यवादनको फ्युजन
सारांश
- राष्ट्रिय सभागृहमा 'द कम्पोजर'स डेस्क - फर्स्ट एडिशन २०२५' भव्य रूपमा सम्पन्न भयो।
- कार्यक्रममा नेपाली लोकधुनलाई सिनेमाटिक स्कोरसँग संयोजन गरिएको थियो, जसमा २५ जना संगीतज्ञले भाग लिए।
- कार्यक्रममा 'जारि' चलचित्रको संगीत लगायत १६ वटा सिर्जना प्रस्तुत गरियो, जसले दर्शकलाई संगीत यात्रामा डुबायो।
काठमाडौँ । संगीत सिर्जनाको रचनात्मक सहकारितालाई दर्शकसमक्ष प्रत्यक्ष अनुभव गराउने उद्देश्यसहित ‘द कम्पोजर’स डेस्क - फर्स्ट एडिशन २०२५’ शनिबार राष्ट्रिय सभागृहमा भव्यताका साथ सम्पन्न भएको छ।
_5Pp568mt2D.jpg)
यस संस्करणमा विश्वसंगीतको स्वरूपमा नेपाली लोकधुनको आत्मालाई सिनेमाटिक स्कोरको गरिमा र आयाम (डायमेन्सन) सँग संयोजन गरिएको थियो। कार्यक्रमका संगीत संयोजन, स्वरूप र विशेष वाद्यसंयोजन नाम्लो म्यूजिक हबका संस्थापक तथा सङ्गीतकार गंगा थापाको कलात्मक दृष्टिकोणबाट प्रेरित थिए।
_K9zfYc69ZB.jpg)
सङ्गीतकार तथा निर्माता गंगा थापाको नेतृत्वमा करिब २५ संगीतज्ञ एउटै मञ्चमा लगभग तीन घण्टासम्म लगातार लोक वाद्यवादन र आधुनिक वाद्यवादनको फ्युजनमा गुञ्जिए। मञ्चमा मुरली, सारङ्गी, मादल, बाँसुरीदेखि ड्रमसेट र स्ट्रिङ सेक्सनसम्मका वाद्यवादनहरूले एकै स्वरमा संगीतकारको भावलाई जीवन्त बनाएका थिए।
_qjfPGAtFR8.jpg)
कार्यक्रम 'जारि' चलचित्रको संगीतबाट सुरु भएको थियो। त्यसपछि 'तिनपाते', कर्णाली क्षेत्रका स्थानीय धुन 'बौजु', थारु समुदायको 'सखी रि', लगायत १६ वटा सिर्जनाहरू प्रस्तुत गरियो। यी सिर्जनाहरूले सभागृहलाई अद्वितीय संगीत यात्रामा डुबाएका थिए।
_PKmWezeonb.jpg)
'द कम्पोजर’स डेस्क' ले केवल प्रदर्शन मात्र नगरी सङ्गीतकार र संगीतज्ञहरूबिचको संवादलाई दर्शक सामु सार्थक तरिकाले खुला गर्यो, जसले गर्दा दर्शकले संगीत सुन्न मात्र नभई महसुस गर्न पाए।
_44RqJT19zO.jpg)
_aMqZtUa1VL.jpg)
_b637d3PZY9.jpg)
_At08XrsPLZ.jpg)
_9x9cE2E9BD.jpg)
_LBegPoKRN2.jpg)
_fs7ujrKY8w.jpg)
_I95bf5nKFZ.jpg)
_9WsjE6myVA.jpg)
_DuNma5H2kt.jpg)
_ud8u6fLiKk.jpg)
_1ugWckLbXQ.jpg)
_gxnWDUluzi.jpg)
_TBuIJBSXzv.jpg)
_2IspzU7F7D.jpg)
_6COqB6Y6XJ.jpg)
_9AYyzVtnZ1.jpg)
फोटो : नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनमा २१ सय मत खस्यो, लम्बियो मतदान गर्ने अवधि
-
दक्षिण कोरियाविरुद्ध दक्षिण अफ्रिकाको अग्रता, मसेकोको गोलले खेलमा रोमाञ्चक मोड
-
मेक्सिकोको दोस्रो प्रहार, चेक गणतन्त्र २–० ले पछि
-
चेक गणतन्त्रविरुद्ध मेक्सिकोको अग्रता, चाभेजको गोल
-
फिफाद्वारा एन्फा निलम्बित
-
रोनाल्डो र मेस्सीले अझै तोड्न नसकेको त्यो कीर्तिमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण