मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ठमेलमा १४ औँ युरोपेली सङ्घ चलचित्र महोत्सव हुने

आइतबार, २३ कात्तिक २०८२, १४ : ३१
आइतबार, २३ कात्तिक २०८२

सारांश

  • युरोपेली सङ्घ चलचित्र महोत्सव कात्तिक २८ देखि ३० गतेसम्म काठमाडौँमा हुँदैछ, र मंसिर ५ देखि ७ गतेसम्म पोखरामा समापन हुनेछ।
  • यस महोत्सवमा १० युरोपेली चलचित्र, ६ बेलायती लघु चलचित्र र ९ नेपाली लघु चलचित्र प्रदर्शन हुनेछन्।
  • महोत्सव नेपालका लागि युरोपेली सङ्घको प्रतिनिधिमण्डलले आयोजना गरेको हो, जसमा फ्रान्स, जर्मनी र फिनल्याण्डको सहभागिता छ।

काठमाडौँ । यही कात्तिक २८ देखि ३० गतेसम्म १४औँ युरोपेली सङ्घ चलचित्र महोत्सव नेपाल हुने भएको छ । महोत्सव ठमेलस्थित छायाँ सेन्टरमा हुनेछ भने आगामी मङ्सिर ५ देखि ७ गतेसम्म पोखरामा समापन गरिने छ ।

यस संस्करणमा २५ चलचित्र समावेश गरिएको छ । तीमध्ये १० युरोपेली चलचित्र, बेलायतको बाफ्टा पुरस्कारका लागि मनोनित छ लघु चलचित्र तथा नौ नेपाली लघु चलचित्र रहेका आयोजकले जनाएको छ । सामाजिक जीवनको पहिचान, अपनत्व, प्रतिरोध, रूपान्तरणलगायत विषयलाई विश्लेषण गरी चलचित्र छनोट गरिएको नेपालका लागि युरोपेली सङ्घका सूचना अधिकारी विद्या महर्जनले बताइन् ।

यस संस्करणमा समावेश गरिएका चलचित्रले हिम्मत, स्मृति तथा आशा, भाषा, संस्कृतिलाई प्रतिविम्बित गरेको आयोजकले जनाएको छ । युरोपेली चलचित्रहरूमा पोर्चुगलबाट बाञ्जो, फिनल्याण्डबाट ‘जेभिदा’, अस्ट्रियाबाट ‘ह्याप्पी’, हङ्गेरीबाट ‘विथआउट एअर’ र फ्रान्स तथा इटालीबाट ‘द गर्ल फ्रम टुमरो’ छन् ।

संयुक्त अधिराज्यबाट बाफ्टा लघु चलचित्र प्रस्तुतिअन्तर्गत ‘वान्डर टु वोन्डर’, ‘रक पेपर सिजर्स’, ‘मग्स क्रिसमस’, ‘मिल्क तथा आडिओस’ समावेश छन् । साथै स्थानीय चलचित्रकर्मी तथा चलचित्र अध्यापन संस्थाहरूसँगको सहकार्यमा छनोट गरिएका नेपाली लघु चलचित्र रहेका महर्जनले बताइन् । उनका अनुसार ‘ह्वाट ग्रोज इन थारी माइलाज भेजिटेबल गार्डेन’, ‘चाँदनी’, ‘अबिस, इटर्नल किनशिप’ लगायत छन् ।

उक्त चलचित्र महोत्सव नेपाललाई फ्रान्स, जर्मनी र फिनल्याण्डसहित काठमाडौँ र दिल्लीमा युरोपेली सङ्घका सदस्य राष्ट्रलाई प्रतिनिधित्व गर्ने दूतावास, सांस्कृतिक संस्थाहरू तथा ब्रिटिस काउन्सिल र युनेस्कोसँगको सहकार्यमा नेपालका लागि युरोपेली सङ्घको प्रतिनिधिमण्डलले आयोजना गरेको हो ।

सबै चलचित्र प्रदर्शनी निःशुल्क रहनेछन् । सबै चलचित्रमा अङ्ग्रेजी सबटाइटल राखिने सूचना अधिकारी महर्जनले जानकारी दिइन् । महोत्सवअघि कला, उद्योग तथा सिकाइबीचको सम्बन्धलाई बलियो बनाउन विभिन्न कार्यक्रमहरू आयोजना गरिने उनले बताइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप