इन्जुरी समयको गोलले पीएसजीलाई शीर्ष स्थानमा फर्कायो
सारांश
- पेरिस सेन्ट जर्मेन (पीएसजी) ले लियोनलाई ३-२ ले हराएर लिग १ को शीर्ष स्थान हासिल गरेको छ।
- खेलको इन्जुरी समयमा जोआओ नेभेसको हेड गोल निर्णायक बन्यो, जसले पीएसजीलाई जित दिलायो।
- लियोनका डिफेन्डर ट्याग्लियाफिको दोस्रो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि पीएसजीले खेल जित्यो।
पेरिस । जोआओ नेभेसको इन्जुरी समयको हेडर गोलले पेरिस सेन्ट जर्मेन (पीएजसी) लाई लियोनमाथि ३-२ को रोमाञ्चक जित दिलाउँदै पुनः लिग १ को शीर्ष स्थानमा फर्काएको छ।
अन्तर्राष्ट्रिय ब्रेकमा जानुअघि डिफेन्डिङ च्याम्पियन टोली खेल सकिनै लाग्दा दोस्रो स्थानमा खुम्चिने स्थितिमा थियो। तर, पोर्चुगिज मिडफिल्डर नेभेसले निर्धारित समय सकिएपछिको पाँचौँ मिनेटमा लेफ्ट कर्नरबाट आएको बललाई शक्तिशाली हेडरमार्फत गोलमा परिणत गर्दै नाटकिय मोड दिए। यस गोल हुनुभन्दा दुई मिनेटअघि लियोनका डिफेन्डर निकोलस ट्याग्लियाफिको दोस्रो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए।
अत्यन्तै मनोरञ्जक पहिलो हाफमा आठ मिनेटको अन्तरमा तीन गोल भएका थिए। लुइस एनरिकेको टोलीले वारेन जायर-एमरीको फिनिसिङमार्फत अग्रता लियो। लगत्तै लियोनका अफोन्सो मोरेइराले बराबरी गोल फर्काए। त्यसपछि खिभिखा कभारात्सखेलियाले पीएजसीलाई पुन: अग्रता दिलाएका थिए।
दोस्रो हाफको ५६औँ मिनेटमा लियोनका आइन्सली मेटल्यान्ड-नाइल्सले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। तर, नेभेसको निर्णायक हेडरले पीएसजीलाई जित दिलायो।
यो जितपछि १२ खेलबाट २७ अंकसहित PSG ले दोस्रो स्थानको मार्से र तेस्रो स्थानको लेन्सभन्दा दुई अंकको स्पष्ट अग्रता कायम गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण