शंकर साह हत्या प्रकरण : वरिष्ठ हवल्दारसहित दुई आरोपित पुर्पक्षका लागि कारागार चलान
सारांश
- रौतहट जिल्ला अदालतले शंकर साह बनिया हत्या प्रकरणका दुई आरोपीलाई पुर्पक्षका लागि कारागार चलान गरेको छ।
- जिल्ला न्यायाधीशको इजलासले हरदेव राय यादव र कपिलदेव यादवलाई थुनामा पठाउने आदेश दिएको हो।
- जग्गा विवादमा कुटपिटबाट शंकर साह बनियाको मृत्यु भएपछि पीडित परिवारले न्यायको माग गरेका छन्।
रौतहट । शंकर साह बनिया हत्या प्रकरणमा संलग्न दुई आरोपितलाई जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि कारागार चलान गरेको छ।
जिल्ला न्यायाधीश शम्भु प्रसाद रेग्मीको एकल इजलासले थुनछेक बहसपछि आइतबार साँझ फतुवा विजयरपुर नगरपालिका–२ सितलपुरका वरिष्ठ हवल्दार विनोद भन्ने ४३ वर्षीय हरदेव राय यादव र ६० वर्षीय कपिलदेव यादव (६०) लाई थुनामा पठाउने आदेश दिएको हो।
अदालतले मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ६७(१) अनुसार उनीहरूलाई तत्काल निर्दोष भन्न नसकिने ठहर गरेको उपसचिव केशरनाथ अर्यालले जानकारी दिए। गत असोज २६ गते जग्गा विवादका क्रममा कुटपिटबाट शंकर साह बनियाको मृत्यु भएको थियो।
थुनछेक बहसकै दिन न्यायको माग गर्दै पीडित परिवार र स्थानीयवासीले जिल्ला अदालत गौरको मुख्य गेटमा बिहान ११ बजेदेखि साँझसम्म धर्ना दिएका थिए।
पीडित परिवारले बाँकी चार फरार अभियुक्तलाई तत्काल पक्राउ गर्न माग गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा प्रहरीद्वारा ‘स्वीप अपरेसन’
-
यूएफसी खेलका दौरान ह्वाइट हाउसमा आक्रमणको योजना विफल : राष्ट्रपति ट्रम्प र मस्कसहित उच्च अधिकारीहरू निसानामा
-
ट्राफिक कारबाहीमा एकैदिन १९ लाख ७७ हजार राजस्व सङ्कलन
-
मालिकाको दरवाङ–फूलबारी सडक स्तरोन्नति
-
पशुपतिको आरतीमा फिल्म प्रचार गरिएपछि ...
-
टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण