शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
स्वाद र स्वास्थ्यको खजाना : जाडोमा बदामको बिक्री बढ्यो (तस्बिरहरू)

स्वाद र स्वास्थ्यको खजाना : जाडोमा बदामको बिक्री बढ्यो (तस्बिरहरू)

सोमबार, २४ कात्तिक २०८२

काठमाडौँ । जाडोयाम सुरु भएसँगै अहिले हरेक चोक, सडक र चौरमा बदामको बिक्री बढ्दै गएको छ। पारिलो घाममा बसेर बदाम खाँदै साथीभाइसँग गफ गर्नु छुट्टै आनन्द दिने अनुभव हुने गरेको छ।

बदामलाई पौष्टिक तत्त्वले भरिपूर्ण खाद्य वस्तु मानिन्छ। यसमा भरपुर मात्रामा चिल्लो, प्रोटिन र विभिन्न प्रकारका भिटामिन तथा खनिज पाइने गर्दछ।

स्वास्थ्यका लागि बदाम खानु निकै फाइदाजनक छ। बदाम खानाले मुटुको रक्त कोशिकाहरू स्वस्थ रहनुका साथै कोलेस्ट्रोललाई कम गर्नमा पनि यो प्रभावकारी हुन्छ। बदामबाट भरिपूर्ण भोजनले स्वास्थ्यलाई निकै फाइदा पुर्‍याउँछ।

बोक्राका साथमा बदाम खानु अझ राम्रो मानिन्छ, तर यसको मात्रा भने सन्तुलित हुनुपर्दछ। हाल बजारमा बदामको मूल्य मात्रा र गुणस्तरअनुसार फरक-फरक रहेको छ। यसको मूल्य मुठीदेखि पाथीसम्म ५० रुपैयाँदेखि ३५० रुपैयाँसम्म पर्ने गरेको छ।

Badam_-486Badam_-488Badam_-489Badam_-490Badam_-491Badam_-492Badam_-493Badam_-494Badam_-495Badam_-496Badam_-497Badam_-498Badam_-499

सफल प्रकाश श्रेष्ठ / नेपाल फोटो लाइब्रेरी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया