सवारी दुर्घटनामा २ जनाको मृत्यु
सारांश
- रौतहट र चितवनमा भएका सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ।
- रौतहटमा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ भने चालक पक्राउ परेका छन्।
- चितवनमा अटोको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ, र अटो चालकलाई नियन्त्रणमा लिइएको छ।
काठमाडौँ । विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा परेर २ जना पक्राउ परेका छन् । सोमबार रौतहट र चितवनमा भएका सवारी दुर्घटनामा परेर २ जनाको मृत्यु भएको हो ।
रौतहटको वृन्दावन नगरपालिका–७ धमौरा चोक नजिक सडकमा चपुरबाट धमौरातर्फ जाँदै गरेको म.प्र.०३–०३१ प ८०१४ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही नगरपालिका–७ सखुअवा टोल बस्ने ७० वर्षीया दुखिया देवीको मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल गौरमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै चितवनको भरतपुर महानगरपालिका–१ पुलचोकस्थित सडकमा ना.२ ह ५०२८ नम्बरको अटोको ठक्करबाट पैदलयात्री सोही नगरपालिका–४ बस्ने ६० वर्षीया अस्तापमा खातुनको मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको भरतपुर सरकारी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुवै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसमा सुधारको प्रयास भएको छ : घिमिरे
-
गोविन्द केसी फेरि किन बसे अनसनमा ?
-
एक वर्षमा नेपालको कुल वैदेशिक व्यापार २४ खर्ब नाघ्यो
-
सत्ताका लागि बीपीको मेलमिलाप नीति मिचियो, अब गाली होइन विवेकको राजनीति गरौँ : भीष्मराज आङ्देम्बे
-
सर्वोच्चको परमादेशः काठमाडौँको फोहोर व्यवस्थापनमा गर्न मुख्यसचिवको नेतृत्वमा समिति गठन गर्नू
-
नेप्सेमा १४.१७ अंकको वृद्धि, ४ अर्ब ६९ करोडको कारोबार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण