शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

प्रहरी वृत्त जगातीमा आगजनी गरेकाे आराेपमा थप २ जना पक्राउ

सोमबार, २४ कात्तिक २०८२, १६ : ५६
सोमबार, २४ कात्तिक २०८२

काठमाडौँ । भक्तपुर स्थित प्रहरी वृत्त जगातीमा आगजनी गरेको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा नुवाकोटको बट्टार घर भएर सुर्यविनायक बस्ने २९ वर्षीय सुदिप घिमिरे र काभ्रेको रोशी गाउँपालिका वडा नम्बर ३ शिखर आम्बोटे घर भएका २६ वर्षीय छेकु लामा छन् । लामा भक्तपुर बस्दै आएका छन् ।

उनीहरु विरुद्ध आपराधिक उपद्रव सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक(एसपी) सुर्य बहादुर खड्काले रातोपाटीलाई बताए ।

यसअघि जगाती वृत्त आगजनी गरेको आरोपमा १२ जना पक्राउ परेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप