प्रतिबन्धित लागूऔषध गाँजासहित ३ जना पक्राउ
मङ्गलबार, २५ कात्तिक २०८२, ०९ : २२
सारांश
- कटारी नगरपालिका-४ जहडीबाट प्रहरीले प्रतिबन्धित गाँजासहित ३ जनालाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा रञ्जित ठाकुर, अरजित तामाङ र बिष्णु बहादुर तामाङ रहेका छन्।
- उनीहरूलाई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय कटारीको हिरासतमा राखिएको छ।
उदयपुर । इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले सोमबार साँझको कटारी नगरपालिका–४ जहडीबाट प्रतिबन्धित लागूऔषध गाँजासहित ३ जना पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा ११ केजी ६६ ग्राम प्रतिबन्धित लागू औषध गाँजा सहित ३ जनालाई पक्राउ गरिएको हो ।
पक्राउ परेकामा कटारी–४ बस्ने अन्दाजी २० वर्षीय रञ्जित ठाकुर, कटारी–७ बस्ने ३९ वर्षीय अरजित तामाङ र कटारी–८ बस्ने ५० वर्षीय बिष्णु बहादुर तामाङ रहेका छन् । उनीहरूलाई थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय कटारी उदयपुरको हिरासतमा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेप्सेको सिस्टममा समस्या हुँदा परिसूचकमा १००० अंक गिरावट देखियो
-
सेयर बजारमा आज पनि सुधार, सातामा ५७ अङ्कले बढ्यो नेप्से
-
बागमती किनारका हटाइएका बस्ती क्षेत्रमा खुला पार्क, हरित क्षेत्र र पदमार्ग निर्माण गरिने
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण