मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सिटीविरुद्धको खेलमा भान डाइकको गोल अस्वीकृत गर्ने निर्णयविरुद्ध लिभरपुलको उजुरी

मङ्गलबार, २५ कात्तिक २०८२, ११ : ०५
मङ्गलबार, २५ कात्तिक २०८२

सारांश

  • लिभरपुलले म्यानचेस्टर सिटीसँगको खेलमा भर्जिल भान डाइकको गोल अस्वीकृत भएकोमा पीजीएमओएलमा उजुरी दिएको छ।
  • रेफ्रीले एन्डी रोबर्टसन अफसाइड स्थितिमा गोलकिपरको अगाडि रहेको भन्दै गोललाई अवैध घोषणा गरेका थिए, जसलाई भीएआरले समर्थन गरेको थियो।
  • लिभरपुलले भीएआर प्रक्रियामा 'सामान्य जाँच र सन्तुलन' लागू नभएको र रोबर्टसनले गोलकिपरको दृष्टिमा असर नगरेको दाबी गरेको छ।

लिभरपुल । लिभरपुलले आइतबार म्यानचेस्टर सिटीसँग ३-० ले पराजित भएको खेलमा भर्जिल भान डाइकको गोल अस्वीकृत गर्ने निर्णयबारे प्रोफेशनल गेम म्याच अफिसियल्स लिमिटेड (पीजीएमओएल) मा उजुरी दिएको छ।

क्लबले उक्त निर्णयमा गम्भीर चिन्ता व्यक्त गरेको छ। खेल १-० ले पछि परेको अवस्थामा ३८औँ मिनेटमा भान डाइकले कर्नरमा हेडमार्फत गोल गरेपछि रेफ्री क्रिस काभानाघले एन्डी रोबर्टसन अफसाइड स्थितिमा गोलकिपरको अगाडि रहेको भन्दै गोललाई अवैध घोषणा गरेका थिए, जसलाई भीएआरले पनि समर्थन गरेको थियो।

प्रिमियर लिगले रोबर्टसन अफसाइड स्थितिमा रहेर गोलकिपर जियानलुइगी डोनारुम्माको अगाडि ‘स्पष्ट कार्य’ गरेकाले गोल नदिने निर्णय भएको पुष्टि गरेको थियो। तर, लिभरपुलले भीएआर प्रक्रियामा ‘सामान्य जाँच र सन्तुलन’ लागू नभएको र रोबर्टसनले गोलकिपरको दृष्टिमा कुनै असर नपारेको दाबी गर्दै पीजिएमओएल र रेफ्री प्रमुख होवार्ड वेबलाई आफ्नो गम्भीर चिन्ता व्यक्त गरेको द एथलेटिकले जनाएको छ।

लिभरपुलका प्रबन्धक अर्ने स्लटले पनि रेफ्रीको निर्णय सही नभएको बताए। उनले स्काई स्पोर्ट्ससँग भने, ‘मेरो विचारमा गलत निर्णय भएको स्पष्ट छ। किनभने रोबर्टसनले गोलकिपरलाई कुनै अवरोध गरेका थिएनन्। यसले खेललाई सकारात्मक रूपमा प्रभावित गर्न सक्थ्यो, किनभने पहिलो हाफमा हामी निकै कमजोर थियौँ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप