रोहितले दार्जिलिङमा टेनिस खेल्ने
मङ्गलबार, २५ कात्तिक २०८२, १३ : ४६
सारांश
- नेपाली टेनिस खेलाडी रोहित सुनवार दार्जिलिङमा हुने टेनिस प्रतियोगितामा सहभागी हुँदैछन्।
- उनले भेट्रान ४५ वर्षमाथिको पुरुष सिंगल्स र डबल्समा प्रतिस्पर्धा गर्नेछन्।
- प्रतियोगिता दार्जिलिङ जिमखाना क्लबको आयोजनामा हुँदैछ, जसमा ३ लाख ८० हजार पुरस्कार राशि रहेको छ।
काठमाडौँ । नेपाली भेट्रान टेनिस खेलाडी रोहित सुनवारले दार्जिलिङ जिमखाना खुला टेनिस प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन् । नोभेम्बर १४ देखि १६ तारिखसम्म भारतको दार्जिलिङमा हुने प्रतियोगितामा सहभागी हुन रोहित बुधबार जाँदै छन् ।
रोहितले भेट्रान ४५ वर्षमाथि पुरुष सिंगल्स र डबल्समा खेल्ने छन् । डबल्समा रोहितले स्थानीय जोली टार्गेनसँग मिलेर खेल्ने छन् ।
पुरुष/महिला सिंगल्स र भेट्रानको विभिन्न उमेर समूहको ६ गरी ८ स्पर्धामा खेल हुनेछ । दार्जिलिङ जिमखाना क्लबको आयोजनामा हुने प्रतियोगिताको कुल पुरस्कार राशि ३ लाख ८० हजार रुपैयाँ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण