चर्चित जापानी अभिनेता तासुया नाकादाईको निधन
मङ्गलबार, २५ कात्तिक २०८२, १४ : ५७
काठमाडौँ । जापानका चर्चित अभिनेता तासुया नाकादाईको निधन भएको छ । ९२ वर्षको उमेरमा मंगलबार उनको निधन भएको हो ।
तासुया ‘र्यान’, ‘हाराकिरी’ र ‘द ह्युमन कन्डिसन’ जस्ता चलचित्रमा उत्कृष्ट अभिनयका लागि परिचित छन् । उनका प्रवक्ताले अभिनेताको मृत्युको कारण खुलाएका छैनन् । १९३२ मा टोकियोमा जन्मिएका नाकादाईको वास्तविक नाम मोटोहिसा नाकादाई थियो ।
तासुयाले नाटकबाट आफ्नो करियर सुरु गरेका थिए । तर पछि उनी जापानी सिनेमामा एक प्रमुख व्यक्तित्व बने ।
आफ्नो करियरमा उनले सयभन्दा बढी चलचित्रहरूमा काम गरेका थिए । बहुमुखी प्रतिभा र पर्दामा प्रभावशाली उपस्थितिले नाकादाईलाई जापान र अन्तर्राष्ट्रिय स्तरमा चर्चामा ल्यायो ।
उनी एक शक्तिशाली रङ्गमञ्च अभिनेता पनि थिए । नाकादाई अन्तिम पटक २०२० को ‘द पासः लाष्ट डेज अफ सामुराई’मा देखिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चको व्याख्याः मतियारलाई सम्पत्ति शुद्धीकरणमा मुद्दा चल्न मुख्य कसुरमा मुद्दा चल्न पर्छ भन्ने छैन
-
सरकारले विश्वविद्यालयमा कस्तो नेतृत्व खोजेको हो ?
-
इप्पानको नयाँ कार्यसमितिले लियो शपथ
-
लुम्बिनी प्रदेशको बजेट ३७ अर्ब हाराहारी, सांसदलाई विकास योजनामा ४ करोडसम्म
-
परराष्ट्रमन्त्री खनालले चीनको संशयलाई मेट्न सक्लान् ?
-
चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रदेश सभामा प्रस्तुत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण