शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

मानव बेचबिखन मुद्दाका फरार कैदीबन्दी पक्राउ

मङ्गलबार, २५ कात्तिक २०८२, १६ : ५२
मङ्गलबार, २५ कात्तिक २०८२

काठमाडौँ । मानव बेचबिखन मुद्दामा थुनामा परेर जेनजी प्रदर्शनमा भागेका एक जनालाई सशस्त्र प्रहरीले ललितपुरबाट पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा झापाको महाभारा नगरपालिका वडा नम्बर ४ घर भएका ३७ वर्षीय मानसिंह सुवेदी छन् ।

उनलाई ललितपुर महानगरपालिका–४ एकान्तकुना स्थित एक क्याफेबाट मंगलबार पक्राउ गरिएको सशस्त्र प्रहरी बलका सह प्रवक्ता (डीएसपी) शैलेन्द्र थापाले रातोपाटीलाई बताए । 

उनी गत भदौ २४ मा नख्खु कारागारबाट भागेका थिए । सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्युरोले उनलाई पक्राउ गरेर कारागार प्रशासनमा बुझाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप