लेम्फी र ईसेवा मनी ट्रान्सफरबिच रेमिट्यान्स कारोबार गर्ने सम्झौता
सारांश
- राइटकार्ड पेमेन्ट सर्भिसेज लिमिटेड र ईसेवा मनी ट्रान्सफरले रेमिट्यान्स सेवाको लागि साझेदारी गरेका छन्।
- यो साझेदारीले उत्तरी अमेरिका र युरोपका नागरिकहरूलाई कम लागतमा भुक्तानी सेवा प्रदान गर्नेछ।
- यसले लेम्फीमार्फत नेपाल, अफ्रिका, एसिया, ल्याटिन अमेरिका र युरोपमा पैसा पठाउन सक्षम बनाउनेछ।
काठमाडौँ । लेम्फीको रूपमा व्यापार गर्ने राइटकार्ड पेमेन्ट सर्भिसेज लिमिटेडले नेपालमा रेमिट्यान्स सेवा सुरु गर्न डिजिटल भुक्तानी प्लेटफर्म, ईसेवा मनी ट्रान्सफर सँग साझेदारी गर्ने भएको छ । नेपालको राष्ट्र बैकले सम्झौता अनुमोदन गरेसँगै दुवैलाई रेमिट्यान्सको क्षेत्रमा सहकार्य गर्न बाटो खुल्ला भएको हो ।
यो साझेदारीले उत्तरी अमेरिका र युरोप (बेलायत सहित) का नागरिकलाई कम लागत, भरपर्दो र प्रतिस्पर्धी अन्तर्राष्ट्रिय भुक्तानी सेवाहरू प्रदान गर्न लेम्फी लाई सक्षम बनाउने विश्वास लिइएको छ । यो सँगै लेम्फी मार्फत् नेपाल, अफ्रिका, एसिया, ल्याटिन अमेरिका, युरोपका देशहरूमा पैसा पठाउन पाइने भएको छ ।
देशको आर्थिक समृद्धिमा रेमिट्यान्सले महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ । एक विश्वसनीय वित्तीय सेवा प्रदायकसँगको यो साझेदारीले सेवाग्राही लाभान्वित हुने विश्वास लिइएको छ ।
यस साझेदारी पश्चात ग्राहकहरू केन्द्रीय बैंकद्वारा निर्धारित नियामक मापदण्डहरूको पालनामा लेम्फीप्रति आश्वस्त हुन सक्छन् । ईसेवा मनी ट्रान्सफरको स्थापित भुक्तानी सञ्जालमार्फत ग्राहकसँगको सम्पर्क र विश्वसनीयताको लाभ लिन सक्नेछन् ।
अमेरिका, बेलायत, युरोप र क्यानडामा २० लाखभन्दा बढी ग्राहक भएको लेम्फीले कसरी अत्याधुनिक प्रविधि, रणनीतिक साझेदारी, र प्रमुख अधिग्रहणहरूले सुरक्षित, भरपर्दो र नवीनतम् वित्तीय सेवाहरू प्रदान गर्न सक्छन् भनेर खोजी जारी राख्नेछ जुन विश्वभरका आप्रवासीहरूका लागि उपयोगी हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
-
वीरगञ्जमा मुख्य सडक विस्तार अभियान पुनः सुरु
-
वार्ताका लागि मध्यस्थकर्तामार्फत् कूटनीतिक च्यानल सक्रिय : इरान
-
वैदेशिक रोजगारीमा जानेको बिमा व्यवस्थापनलाई श्रमिकमैत्री बनाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण