शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

नख्खु कारागारबाट भागेका थप एक जना पक्राउ

मङ्गलबार, २५ कात्तिक २०८२, १७ : १०
मङ्गलबार, २५ कात्तिक २०८२

काठमाडौँ । ललितपुरस्थित नख्खु कारागारबाट भागेका थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा रामेछापको मन्थली नगरपालिका–९ घर भएका अनिल कुमार तामाङ छन् । ४७ वर्षीय तामाङलाई मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी होविन्द्र बोगटीले रातोपाटीलाई बताए ।

सवारी अङ्गभङ्ग मुद्दामा ४७ वर्षीय तामाङ पुर्पक्षका लागी थुनामा थिए । उनलाई नख्खु कारागारमा पठाइएको एसएसपी बोगटीले बताए ।

यसअघि नख्खुबाट भागेका झापाको महाभारा नगरपालिका–४ घर भएका ३७ वर्षीय मानसिंह सुवेदीलाई सशस्त्र प्रहरीले पक्राउ गरेर कारागार बुझाएको थियो । 

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पनि नख्खु कारागारबाट भागेका एक जना फरार कैदीलाई पक्राउ गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप