शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

न्युजिल्यान्ड पठाउँछु भनेर १४ लाख ठगेको आरोपमा एक जना पक्राउ

मङ्गलबार, २५ कात्तिक २०८२, १७ : २८
मङ्गलबार, २५ कात्तिक २०८२

काठमाडौँ । वैदेशिक रोजगारीका लागि न्युजिल्यान्ड पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर–८ घर भएर कोटेश्वर बस्ने पुरुषोत्तम भण्डारी छन् ।

न्युजिल्यान्ड पठाउने सपना देखाएर ४५ वर्षीय भण्डारीले १४ लाख रुपैयाँ ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।

सोमबार उनलाई कोटेश्वरबाट पक्राउ गरेर वैदेशिक रोजगार विभागमा बुझाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले रातोपाटीलाई बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप