मेलम्ची खानेपानी समस्या समाधानका लागि ऊर्जा मन्त्री घिसिङले गरे सङ्घर्ष समितिसँग छलफल
सारांश
- मन्त्री कुलमान घिसिङले मेलम्ची खानेपानी आयोजनाको समस्याबारे सङ्घर्ष समितिसँग छलफल गरे।
- मेलम्चीको पानी पथान्तरण रोकिएपछि मन्त्री घिसिङले सडक विभाग र खानेपानी मन्त्रालयसँग छलफल गरे।
- सङ्घर्ष समितिले सरकारसँगको सहमति कार्यान्वयनको माग गर्दै आएको छ।
काठमाडौँ । मेलम्ची खानेपानी आयोजनाको समस्या समाधान गर्न मन्त्री कुलमान घिसिङले सम्बन्धमा सङ्घर्ष समितिसँग छलफल गरेका छन् । मंगलबार मन्त्री घिसिङले मेलम्ची खानेपानी आयोजनाको पानी पथान्तरण रोकिएको सम्बन्धमा सङ्घर्ष समितिसँग छलफल गरेका हुन् ।
पाँच दिनदेखि आयोजनाको पानी पथान्तरणमा रोकिएपछि मन्त्री घिसिङले मेलम्ची बाढी पीडित सङ्घर्ष समिति सहित सडक विभाग र खानेपानी मन्त्रालयको टिम सहित छलफल भइरहेको ऊर्जा मन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
सरकारले सोमवार विभिन्न राजनीतिक दल र स्थानीयवासीबिच वार्ता गरे पनि विना निष्कर्ष टुङ्गिएको थियो । उक्त वार्ता सफल नभएसँगै ऊर्जा मन्त्री घिसिङले सडक विभाग टिम सहित कालोपत्रे गर्ने विषयमा छलफल भइरहेको छ ।
समिति सरकारसँग पटक पटकको सहमति कार्यान्वयन नभएको भन्दै कार्यान्वयन हुने गरी सम्झौता हुनुपर्ने अडान राख्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण