एमआरपी नराखेपछि एक इन्टरप्राइजेजलाई १ लाख रुपैयाँ जरिवाना
मङ्गलबार, २५ कात्तिक २०८२, १७ : ३७
काठमाडौँ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एमआरपी नराखी बस्तु बिक्री गर्ने बीएन को इन्टरप्राइजेजलाई एक लाख रुपैयाँ जरिवाना गराएको छ ।
मंगलबार विभागले १४ वटा फर्म तथा व्यवसायको अनुगमन गरेको थियो । जसमध्ये तीन वटालाई जरिवाना तिराइएको छ भने अन्य ११ वटालाई विभागमा उपस्थित हुन र समान्य निर्देशन दिइएको छ ।
विभागका अनुसार दर्ता प्रमाणपत्र तथा मूल्यसूची नराख्ने मखन गल्लीको लवकुश स्टोरलाई १० हजार रुपैयाँ र ललितपुर टंगालको अनिस खाद्यलाई पाँच हजार रुपैयाँ जरिवाना गराइएको छ ।
यस्तै मखनगल्लीको भिरा ट्रेडर्सलाई व्यवसायसँग सम्बन्धित कागजातहरू लिई तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिएको छ ।
यस्तै अन्य १० वटा व्यवसाय तथा फर्मलाई सामान्य निर्देशन दिइएको विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ७७५ ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
-
१३ प्रमुख जिल्ला अधिकारीसहित १८ सहसचिवकाे सरुवा, काे कहाँ ? (सूचीसहित)*
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण