कर्मचारी हटाएको विरोधमा एमाले हरिवन, पुनर्वहाली नभए आन्दोलनको चेतावनी
सर्लाही । नेकपा (एमाले) हरिवन नगर कमिटीले नगरपालिका कार्यालयमा कार्यरत केही कर्मचारीलाई पक्षपातपूर्ण रूपमा हटाइएको भन्दै तत्काल पुनर्वहाली गर्न माग गरेको छ ।
एमाले हरिवन नगर कमिटीका अध्यक्ष सीताराम पोखरेलको नेतृत्वमा सोमबार प्रमुख प्रशासकीय अधिकृत हेमराज फुयाँललाई ज्ञापनपत्र बुझाइएको छ ।
केही दिनअघि नगरपालिकाले सूचना प्रकाशित गरी अस्थायी, करार र ज्यालादारीमा कार्यरत केही कर्मचारीलाई हटाएको विषयमा पार्टीको गम्भीर ध्यानाकर्षण भएको कमिटीले जनाएको छ ।
ज्ञापनपत्रमा कार्यपालिकाबाट निर्णय नगरी उपप्रमुख हरिमाया घलानसहित कार्यपालिका सदस्यलाई जानकारी नदिई नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको मिलेमतोमा कर्मचारी हटाइएको आरोप लगाइएको छ ।
नगरपालिकाको स्थापनाकालदेखि कार्यरत चालक, अदालतले अन्तरिम आदेश दिएर भूमि आयोगलाई काम गर्न अनुमति दिएको बेला त्यहाँका कर्मचारी तथा दरबन्दीमा परीक्षा पास गरी नियुक्ति पाएका स्वास्थ्यकर्मीलाई राजनीतिक विभेदका आधारमा हटाइएको भन्दै कमिटीले आपत्ति जनाएको छ ।
ज्ञापनपत्रमा पूर्वाग्राही निर्णय फिर्ता लिई हटाइएका कर्मचारीलाई तत्काल पुनर्वहाली गर्न माग गरिएको छ । माग पूरा नभए थप विरोधका कार्यक्रम सञ्चालन गर्न बाध्य हुने चेतावनी पनि एमाले नगर कमिटीले दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग संवाद : प्रधानमन्त्रीले के मागे ?
-
नयाँ सिक्काको डिजाइन भाइरल, के भन्छ राष्ट्र बैंक ?
-
साथीहरूसँग पौडी खेल्न गएका १५ वर्षीय किशोरको डुबेर मृत्यु
-
अनसनरत डा.गोविन्द केसीका समर्थकले गरे माइतीघरमा प्रदर्शन
-
घरमा मल लुकाएर महँगोमा बेच्ने वडा सदस्य फरार, प्रहरीद्वारा ४०० बोरा मल नियन्त्रणमा
-
विद्युत् महसुल अनुदानमा रोक नलगाएको अर्थमन्त्रीको सचिवालयको प्रस्टोक्ति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण