मातातीर्थबाट कौडा खेल्दै गरेका २२ जना पक्राउ, १६ लाख बरामद
मङ्गलबार, २५ कात्तिक २०८२, १९ : १०
काठमाडौँ । प्रहरीले काठमाडौँको चन्द्रागिरी नगरपालिका वडा नम्बर–८ स्थित मातातीर्थबाट कौडा खेलिरहेका २२ जनालाई पक्राउ गरेको छ ।
सोमबार साँझ प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
जुवाखालबाट १६ लाख ५३ हजार नगद बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए । मातातीर्थस्थित एक घरमा हारजित हुनेगरी जुवाखाल सञ्चालन गरेको सूचनाको आधारमा प्रहरीले सो घरमा छापा मारेको थियो ।
आरोपीहरूविरुद्ध प्रहरीले जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट जुवा मुद्दामा ६ दिनको म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण