जीडब्ल्यूएमको बहुप्रतीक्षित नयाँ ‘ट्यांक’ सिरिज, केके छन् मुख्य विशेषता ?
काठमाडौँ । जीडब्ल्यूएम नेपालले बहुप्रतिक्षित ‘ट्यांक’ सिरिज ट्यांक ३०० एचईभी र ट्यांक ५०० पीएचईभी औपचारिक रूपमा सार्वजनिक गरेको छ ।
नेपालका प्रिमियम एसयूभी क्षेत्रमा यो सिरिजले लक्जरी, प्रविधि र अफ–रोड क्षमताको शक्तिशाली संयोजन प्रस्तुत गर्दै नयाँ युगको सुरुवात गरेको कम्पनीले जनाएको छ ।
चेंगडु अटो शो २०२१ र चीनमा २०२२ मा पहिलो पटक प्रस्तुत गरिएको यो ब्रान्ड अहिले इन्डोनेसिया, थाइल्यान्ड, मलेसिया, दक्षिण अफ्रिका, अस्ट्रेलिया र न्युजिल्याण्डलगायत बजारमा शक्ति, शैली र विश्वसनीयताका कारण चर्चित बनेको छ । हालसम्म यसले ४ लाखभन्दा बढी बिक्री गर्दै अफ–रोड प्रेमीहरूको रोजाइमा परेको छ ।
नेपालमा ट्यांक ब्रान्डको प्रवेशले जीडब्लुएमको बजारप्रतिको प्रतिबद्धता मात्र होइन, देशमा अफ–रोड संस्कृतिको विस्तार गर्ने नयाँ अध्याय सुरु गरेको कम्पनीको भनाइ छ । विश्व बजारमा ट्यांक ब्रान्डले ८७.५९ प्रतिशत वृद्धिदर हासिल गरेको कम्पनीले जनाएको छ ।
मुख्य विशेषताहरू
सर्वभू–भाग क्षमताः एड्भान्स ४डब्ल्यूडी प्रणालीसहित ढुंगा, बालुवा, हिलो र हिउँका लागि फरक–फरक ड्राइभ मोड, जसले नेपालका विविध भौगोलिक क्षेत्रका लागि उपयुक्त बनाउँछ ।
हाइब्रिड शक्ति र प्रदर्शनः ट्यांक ५०० पीएचईभीमा टर्बो चाज्र्ड इन्जिन र शक्तिशाली इलेक्ट्रिक मोटरको संयोजन छ, जसले तुरुन्त टर्क र उत्कृष्ट इन्धन दक्षता प्रदान गर्छ ।
लक्जरी र बलको मेलः प्रिमियम इन्टेरियर, उच्च गुणस्तरका सामग्री, डिजिटल डिस्प्ले र इन्टेलिजेन्ट सिस्टमहरूले एसयूभी अनुभवलाई नयाँ स्तरमा पुर्याउँछ ।
स्मार्ट सेफ्टी र प्रविधिः एडिएएस, ३६० डिग्री क्यामेरा र इन्टेलिजेन्ट ड्राइभ असिस्ट प्रणालीले सडक वा अफ–रोडमा अधिकतम नियन्त्रण सुनिश्चित गर्छ ।
आकर्षक डिजाइनः बलियो र दमदार लुक, जसले जीडब्लुएमको ‘पावर विथ पर्पोज’ भिजनलाई झल्काउँछ ।
इन्जिन र प्रदर्शन
नेपालमा सार्वजनिक ट्यांक सिरिजमा २.० लिटर टर्बो पेट्रोल एचईभी र पीएचईभी भेरियन्ट उपलब्ध छन्, जसमा ९–स्पिड अटोमेटिक ट्रान्समिसन जडान गरिएको छ ।
ट्यांक ३०० एचईभीः ३५१ पीएस पिकअप पावर र ६४८ एनएम टर्क
ट्यांक ५०० पीएचईभीः ४०८ पीएस पिकअप पावर र ७५० एनएम टर्क
यी दुवै मोडलहरू पहाड, बाटो वा राजमार्ग हरेक यात्रामा सहजता र शक्ति प्रदान गर्न तयार कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण