पालिकास्तरमा एमालेले देशैभर गर्यो जनप्रदर्शन
काठमाडौँ । प्रतिगामी षडयन्त्रका विरुद्ध मंगलबार नेकपा एमालेले देशै भरी गरेको जनप्रदर्शनमा पार्टी कार्यकर्तासहित जनता सहभागी भएको सो पार्टीका नेताहरूले दाबी गरेका छन् ।
जेनजी आन्दोलनका नाममा भदौ २३ र २४ गते भएको विध्वंस र तोडफोडपछि दलका कार्यकर्ताहरूको गिरेको मनोबल जनप्रदर्शनले उकासेको सहभागीहरूको भनाइ छ ।
एमालेको गत असोज ३१ गते सकिएको केन्द्रीय कमिटी बैठकले प्रतिगामी षडयन्त्र र संसद् पुनर्स्थापनाको माग गर्दै देशैभर जनपरिचालन गर्ने निर्णय गरेको थियो ।
सोही निर्णय अनुसार २२ गते देशैभरीका वडा भेला भएका थिए भने मंगलबार अधिकांश पालिकाहरूमा जनप्रदर्शन भएका छन् । पालिकामा भएको जनदप्रर्दशनलाई पार्टीका नेताहरूले विभिन्न ठाउँमा सम्बोधन गरेका छन् ।
एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले चितवनको खैरहनी नगरपालिकामा भएको कार्यक्रमलाई सम्बोधन गरेका छन् । पाण्डेले भदौ २४ पछि सबैभन्दा पहिला सडक आन्दोलन मार्फत प्रतिगमनकारी कदमका विरुद्ध कार्यकर्ता र जनतालाई एमालेले अघि सारेको बताए ।
यसैगरी महासचिव शंकर पोखरेलले काभ्रेको बनेपामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै जेनजी आन्दोलनका नाममा विध्वंस मच्चाउने काममा माओवादी,रास्वपा र दुर्गा प्रसाईंहरुको भूमिका रहेको बताए ।
उनले पश्चिमा पुँजीवादीहरूले प्रविधिसँगै हुर्किएको पुस्ताको दुरुपयोग गरेर नेपालमा विध्वंस मच्चाएको दाबी गरे ।
यसैक्रममा उदयपुरका आठ वटै पालिकामा मोटरसाइकल र्याली सहित जनप्रदर्शन भएका छन् । पालिकाहरूले प्रत्येक वडा वडाबाट कार्यकर्ता र जनता र्यालीमा सहभागी गराएका छन् । पाल्पाका पनि दुई वटा नगरपालिका सहित १० वटै पालिकाहरूमा जनप्रदर्शन भएको सचिव रामजी पोखरेलले जानकारी दिए ।
पाल्पामा कहीँ अन्तरक्रिया,कहीँ प्रशिक्षण त कतै जनभेला भएका छन् । गुल्मीमा भएका जनप्रदर्शनमा सुशीला कार्कीको सरकार असंवैधानिक भएको भन्दै त्यसलाई विस्थापित गर्दै संसद् पुनर्स्थापना मार्फत संविधानलाई लिकमा फर्काउने माग गरिएको छ ।
झापाको मेचीनगरमा बृहत् मोटरसाइकल रयाली आयोजना गरिएको छ । दमक,गौरादह,बिर्तामोड,बुद्धशान्ती लगायतका पालिकाहरूमा र्यालीले पालिका परिक्रमा गरेर कोणसभा गर्दै कार्यक्रम समापन गरिएको छ ।
बुद्धशान्तीको कार्यक्रममा पोलिटब्युरो सदस्य देवेन्द्र दाहाल,गौरादहको कार्यक्रममा केन्द्रीय सदस्य दीपक कार्कीले सम्बोधन गरेका छन् ।
यस्तै पोखरा महानगरको कार्यक्रमलाई स्थायी कमिटी खगराज अधिकारीले सम्बोधन गरेका छन् ।
यसैगरी पर्वतको कुश्मामा विशाल जनप्रदर्शन भएको छ । उक्त कार्यक्रमलाई केन्द्रीय सदस्य पदम गिरिले सम्बोधन गरेका छन् । काठमाडौँका टोखा,काठमाडौँ महानगर लगायतका सबै पालिकामा एमाले कार्यकर्ताले जनप्रदर्शन गरेका छन् ।
कर्णालीका केही पालिकाहरूमा हिमपातका कारण जनप्रदर्शन नभए पनि अधिकांशमा भएको छ । जाजरकोटमा भएको जनप्रदर्शनलाई केन्द्रीय सदस्य निरज आचार्यले सम्बोधन गर्दै खुद्रा व्यापारी जस्ता दलहरू हराउँदै जाने र एमाले नै जनताको आशा भएको बताए ।
दैलेखकै नारायणी नगरपालिकासहित ११ वटा स्थानीय तहमा एमालेले जनप्रदर्शन गरेको छ । मोरङको विराटनगर,धनकुटाको धनकुटा बजार लगायतका ठाउँहरूमा व्यापक जनसहभागिता सहित जनप्रदर्शन भएका छन् ।
‘भदौ २४ पछि राजनीतिक वातावरण आजको जनप्रदर्शनले पुरानै अवस्थामा फर्किएको महसुस भएको छ ’ विराटनगरका एमाले कार्यकर्ता रविन मण्डलले भने, ‘एमालेको बलमा अब अरू पाटीले पनि सडकमा आउनेछन् । सुस्ताएको राजनीतिक माहोल अब पुरानै अवस्थामा फर्किएको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा एक महिनादेखि सिटी स्क्यान सेवा बन्द, बिरामी निजी अस्पताल धाउन बाध्य
-
चौरजहारी–मुसिकोट सडक १५ दिनका लागि बन्द हुने
-
रसुवागढी नाकाबाट ४० अर्बभन्दा बढीको आयात
-
पहिलो ‘ड्रिम प्रोजेक्ट’ मा भएको ढिलाइ र लागत १८ अर्ब पुग्दा संसदीय समितिमा उठ्यो प्रश्न
-
दीपक भट्ट र शुलभ अग्रवालमाथि म्याद थपियो
-
फिलिपिन्स भूकम्प : ३१ जनाको मृत्यु, दर्जनौँ अझै बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण