शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

लापसे गरी सवारी चलाउने पठाओ चालकसहित ६ जना पक्राउ

मङ्गलबार, २५ कात्तिक २०८२, २१ : २१
मङ्गलबार, २५ कात्तिक २०८२

काठमाडौँ । काठमाडौँको सुकेधारामा ट्राफिक प्रहरीले मंगलबार सञ्चालन गरेको नियमित चेकजाँचका क्रममा लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने ६ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेश राज सुवेदीले दिएको जानकारीअनुसार नियन्त्रणमा आउनेहरूमा पठाओ मोटरसाइकल चालकहरू झापाको अर्जुनधारा नगरपालिका–६ का ३९ वर्षीय शेखर नाथ घिमिरे, बाराको पचरौता नगरपालिका–६ का ३३ वर्षीय साजिद अन्सारी र नुवाकोटको बेलकोटगढी नगरपालिकाका २२ वर्षीय सुमन परियार रहेका छन् । 

यसैगरी, नियन्त्रणमा आउने अन्य चालकहरूमा काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–३ का ४७ वर्षीय सुरज कुमार बजगाईँ, भाडाको बस चालक मकवानपुरको थाहा नगरपालिका–४ का ३२ वर्षीय कपिल थापा र बोलेरो जिप चालक सल्यानका २२ वर्षीय भीमबहादुर खड्का रहेका छन् ।

उनीहरूलाई थप अनुसन्धानका लागि सम्बन्धित प्रहरी कार्यालयहरूमा पठाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप