बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
फोटो फिचर

सबेरैदेखि अबेरसम्म यसरी चल्छ कालीमाटी तरकारी बजार (तस्बिरहरू)

बुधबार, २६ कात्तिक २०८२, ०८ : ०४
बुधबार, २६ कात्तिक २०८२

सारांश

  • कालीमाटी तरकारी बजार काठमाडौंको सबैभन्दा ठूलो र पुरानो तरकारी बजार हो, जहाँ हजारौं मानिसहरू दैनिक किनबेच गर्छन्।
  • बजार बिहान र दिउँसो गरी दुई सिफ्टमा सञ्चालन हुन्छ, जसले उपत्यकाको तरकारी आपूर्तिमा महत्त्वपूर्ण भूमिका खेल्छ।
  • यो बजार वि.सं. २०४३ देखि सञ्चालनमा आएको हो, र यसको संरचना नेपाल सरकार र संयुक्त राष्ट्रसंघको सहयोगमा बनेको हो।

काठमाडौँ । कालीमाटी भन्ने बित्तिकै धेरैको दिमागमा तरकारी बजार आउँछ । हुन पनि कालीमाटी तरकारी बजार काठमाडौँकै सबैभन्दा ठुलो, पुरानो र चिनिएको तरकारी बजार हो । यहाँ थोक तथा खुद्रा व्यापारीदेखि आम उपभोक्तासम्म दैनिक हजारौँ मानिसहरू तरकारी किनबेच गर्न आउँछन्।

व्यापारीहरूका अनुसार कालीमाटी बजारमा बिहान सबेरै करिब ३ बजेदेखि चहलपहल सुरु हुन्छ। ताजा तरकारी बोकेर आएका ट्रकहरू एकाबिहानै बजार प्रवेश गर्छन् । त्यसपछि थोक व्यापारीहरूले आफ्नो स्टलमा तरकारी राख्न थाल्छन्।

01-Kalimati Fruit and Vegetables Market_-500

बिहान १० बजेसम्म बजार अत्यन्त व्यस्त रहन्छ। यो समय व्यापारीहरूका लागि मुख्य कारोबारको समय हो। होलसेल ग्राहक र खुद्रा खरिदकर्ताहरूले बिहानै कालीमाटीबाट तरकारी उठाउँछन् । त्यसपछि बजार केही समयको लागि शान्त हुन्छ र गतिविधि कम हुन्छ।

02-Kalimati Fruit and Vegetables Market_-507

अपराह्न ३ बजेदेखि कालीमाटी बजार फेरि चलायमान हुन्छ र राति करिब ९ बजेसम्म व्यस्त रहन्छ । यो समय तरकारी प्याक गर्ने, वितरण गर्ने र खुद्रा ग्राहकहरूले किनमेल गर्ने समय हो । यसरी कालीमाटी तरकारी बजारले दैनिक दुई सिफ्टमा बिहान सबेरैदेखि राति अबेरसम्म सक्रिय भएर उपत्यकाको तरकारी आपूर्तिमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ ।

03-Kalimati Fruit and Vegetables Market_-506

नेपाल सरकारले सञ्चालन गर्ने गरेको सबैभन्दा ठुलो फलफूल र तरकारी कमोडिटी बजार हो कालीमाटी । लामो समयदेखि काठमाडौँ उपत्यका तथा अन्य क्षेत्रको तरकारी तथा फलफूल बेचबिखन गर्ने थलोको रूपमा रहँदै आएको कालीमाटी बजार वि.सं. २०४३ आश्विन १५ गतेदेखि तत्कालीन खाद्य तथा कृषि बजार सेवा विभाग अन्तर्गत सञ्चालनमा आएको थियो ।

04-Kalimati Fruit and Vegetables Market_-508

बजार सञ्चालनको क्रममा बजार आगमन र कारोबारको स्थितिमा भएको विस्तार एवं बजार प्रयोगकर्ताहरूको बढ्दो चापलाई मध्यनजर गरी नेपाल सरकार तथा संयुक्त राष्ट्रसङ्घीय पुँजी विकास कोषको सहयोगमा हालका अधिकांश संरचना निर्माण भएका हुन् । तस्बिरहरू : सफल प्रकाश श्रेष्ठ र नेपाल फोटो लाइब्रेरी

06-Kalimati Fruit and Vegetables Market_-50207-Kalimati Fruit and Vegetables Market_-51208-Kalimati Fruit and Vegetables Market_-50909-Kalimati Fruit and Vegetables Market_-50411-Kalimati Fruit and Vegetables Market_-51312-Kalimati Fruit and Vegetables Market_-51413-Kalimati Fruit and Vegetables Market_-51614-Kalimati Fruit and Vegetables Market_-50515-Kalimati Fruit and Vegetables Market_-51016-Kalimati Fruit and Vegetables Market_-51117-Kalimati Fruit and Vegetables Market_-50118-Kalimati Fruit and Vegetables Market_-50319-Kalimati Fruit and Vegetables Market_-515

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप