‘प्रचण्डले चलाउन थालेको रेल होइन, खटारो बस हो, अब चल्न सम्भव छैन’
सारांश
- माओवादी केन्द्रका पूर्व सदस्य गोरखबहादुर केसीले प्रचण्डको कारण माओवादी थलिएको आरोप लगाए।
- उनले प्रचण्डमाथि पार्टीलाई दिशाहीन र वृद्ध नेताहरूको सङ्कलन केन्द्र बनाएको आरोप लगाए।
- केसीले रुकुममा 'प्रगतिशील राष्ट्रिय अभियान' सुरु गरेको र नयाँ राजनीतिक शक्ति बनाउने विश्वास व्यक्त गरे।
सुर्खेत । नेकपा माओवादी केन्द्रका पूर्व केन्द्रीय सदस्य गोरखबहादुर केसी ‘सन्देश’ले प्रचण्डको कारण माओवादी उठ्नै नसक्ने गरी थलिएको बताएका छन् ।
पार्टी सुधार हुनुको सट्टा झन् दिशाहीन र भद्रगोल बनेपछि प्रचण्डले परिवर्तनका नाममा ‘वृद्ध नेताहरूको सङ्कलन केन्द्रजस्तो’ बनाएको आरोप उनको छ ।
जनार्दन शर्माको ‘प्रगतिशील राष्ट्रिय अभियान’को रुकुम पश्चिम संयोजकका रूपमा विज्ञप्ति जारी गर्दै केसीले भनेका छन्, , ‘प्रचण्ड रेल छुट्यो भन्दै हुनुहुन्छ तर यसको अवस्था रेल होइन कि मानिसले चलाउन छोडेको जर्जर बस जस्तो भएर दोबाटोमा उभिएको छ, र पुराना असफल चालकहरूले यसलाई चलाउने तयारी गरिरहेका छन् ।’
खटारा जस्तो यो बस अब चल्न सम्भव नभएको उनको भनाइ छ । आसन्न निर्वाचन पछि यो कबाडमा जाने निश्चित रहेको पनि केसीको दाबी छ ।
केसीले भनेका छन्, ‘गौरवशाली इतिहास बोकेको माओवादी केन्द्र शान्ति प्रक्रियामा सहभागी भएपछि आफ्नो उद्देश्य र कार्यदिशामा क्रमशः अस्पष्ट बन्दै गएको छ । नेतृत्व (प्रचण्ड)को भड्किलो जीवन शैली, सङ्गठन सञ्चालनमा विधि र प्रणालीको अभाव र जनताको भरोसामा निरन्तर कमी आउनुले यो पार्टी उठ्नै नसक्ने गरी थलियो ।’
पुराना दलहरूबाट संरक्षित भ्रष्टाचार, कुशासन र नीतिगत दिसाहीनताको विरोधमा ‘प्रगतिशील राष्ट्रिय अभियान, रुकुम’ सुरु गरिएको विज्ञप्तिमा उल्लेख छ ।
यो अभियान अन्तर्गत रुकुमका सम्पूर्ण शिक्षक, बुद्धिजीवी, व्यवसायी, जेनजी युवा, विद्यार्थी एवं विभिन्न तहका आम जनसाधारणसँग राजनीतिक संवाद र परामर्श गरिने उनले भनेका छन् ।
निकट भविष्यमै एक सशक्त नयाँ राजनीतिक शक्तिमा परिणत हुने विश्वास केसीले व्यक्त गरेका छन् । अभियानले रुकुमेली जनताको भावना, जेनजी युवाहरूको चाहना एवं सहिद तथा बेपत्ता योद्धाहरूको सपनालाई साकार पार्न सक्षम हुने र राजनीतिक हिसाबले अलगावमा पर्ने दिशामा गएको रुकुमलाई नयाँ सन्दर्भ सहित राष्ट्रिय मूल प्रवाहको नेतृत्वदायी भूमिकामा पुर्याउने केसीको विश्वास छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
-
कपिलवस्तुमा सर्पको टोकाइबाट एक युवतीको मृत्यु
-
सर्वोच्चको फैसला कार्यान्वयन गर्न केले रोक्यो ?
-
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु
-
कुशलको नाममा अर्को शतक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण