थापा र यादवको महाधिवेशनसम्बन्धी कार्यतालिकालाई मिलाएर ल्याउनुपर्छ : रमेश लेखक
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वगृहमन्त्री रमेश लेखकले महामन्त्री गगन थापा र सहमहामन्त्री महेन्द्र यादवले प्रस्तुत गरेका महाधिवेशनसम्बन्धी कार्यतालिकालाई मिलाएर १५ औँ महाधिवेशनको कार्यतालिका ल्याउनुपर्ने बताएका छन् ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा धारणा राख्दै लेखकले विशेष महाधिवेशनका लागि गरिएको हस्ताक्षर फिर्ता गर्नुपर्ने बताए ।
‘विशेष महाधिवेशनका लागि गरिएको हस्ताक्षर फिर्ता गरौँ । त्यसका लागि विकल्प निकालौँ,’ लेखकले भने, ‘दुई वटा क्यालेन्डर आएको छ, दुई वटै क्यालेन्डरलाई मिलाएर एउटा क्यालेन्डर बनाएर जाउँ ।’
कांग्रेस केन्द्रीय समिति बैठकमा असोज १९ गते महामन्त्री थापाले पुस १६ देखि १९ गतेसम्म र सहमहामन्त्री यादवले वैशाख २७ देखि ३० गतेसम्म १५ औँ महाधिवेशन गर्ने कार्यतालिका पेस गरेका थिए ।
लेखकले संसद् पुनर्स्थापनालाई भन्दा प्रतिनिधिसभाको निर्वाचनलाई पहिलो प्राथमिकतामा राख्नु पर्ने बताए । ‘अहिलेको परिस्थितिमा निर्वाचन नै पहिलो प्राथमिकतामा कांग्रेसले राख्नुपर्छ भन्ने मेरो प्रष्ट धारणा छ,’ लेखकले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीमा एउटै मन्त्रालयको दायित्व ७ अर्ब नाघ्यो, रुग्ण आयोजना किनारा लगाउन निर्देशन
-
कृषि विश्वविद्यालय विदेशी विद्यार्थी भर्ना लिने तयारीमा
-
कांग्रेस जोगाउन स्थानीय जनप्रतिनिधिकाे हस्तक्षेप, राष्ट्रिय भेला बोलाइयो
-
सडकमा प्रहरीको लाठी, सामाजिक सञ्जालमा मिम : युवा-विद्रोहको बदलिँदो रूप
-
तीन महिनामा ७ हजार फरार प्रतिवादी पक्राउ
-
मे महिनायता पहिलोपटक तेलको मूल्य प्रतिब्यारल १०० डलर पुग्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण