मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
अपडेट

भीम रावलको प्रश्न : विदेशी सेनाको विमान काठमाडौँमा ओर्लियो, सरकार कहाँ छ ?

बुधबार, २६ कात्तिक २०८२, १६ : २२
बुधबार, २६ कात्तिक २०८२

सारांश

  • भीम रावलले नेपालको राष्ट्रिय सुरक्षा कमजोर बनेको बताएका छन्।
  • उनले शक्तिशाली देशको सेनाको जहाजले सयौं टन सामान ल्याउँदा सरकारले जवाफ नदिएको आरोप लगाए।
  • रावलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएका गतिविधिबारे सरकार मौन रहेको भन्दै प्रश्न उठाए।

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावलले नेपालको राष्ट्रिय सुरक्षा अत्यन्त कमजोर बनेको बताएका छन् ।  बुधबार पार्टी प्रवेश कार्यक्रममा बोल्दै नेता रावलले तीन दिनअघि मात्र शक्तिशाली देशको सेनाको एक जहाज सयौँ टन सामान लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिए पनि त्यो किन आयो भन्ने कुरा सरकारले कुनै जवाफ नदिएको बताएका हुन् ।

‘आज हाम्रो राष्ट्रिय सुरक्षा हेर्नुस् । तपाईंहरुले देखिरहनुभएको होला, अस्ति ३ दिन अगाडि मात्रै एउटा शक्तिशाली देशको सेनाको धेरै ठुलो जहाज सयौँ टन सामान ल्याएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लियो’, रावलले प्रश्न गर्दै भने, ‘सरकार कहाँ छ ?’ उनले पारदर्शिताको कुरा गर्ने सरकार नै यसबारेमा मौन रहेको बताए ।

‘मैले गएको पुसदेखि जेठ महिनासम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा के हुँदैछ भनेर राष्ट्रिय सुरक्षाका सन्दर्भमा हेर्दा कैयौँ त्यस्ता विमानहरू ओर्ले न सरकारले त्यसको जानकारी न बाहिर केही आउँछ ?’, रावलको प्रश्न छ ।

उनले यस्तै विमानहरू आउँदा समेत सरकारले थाहा नपाएपछि भदौ २३ र २४ को विध्वंस हुन पुगेको सङ्केत गरे । ‘त्यसपछि भदौ २३ र २४ गते हामी यस्तो देख्छौ पृथ्वीनारायण शाहले गरेको एकीकरणदेखि नेपालको इतिहासमा कहिल्यै नदेखेको अकल्पनीय क्षति हुन्छ’, उनले भने, ‘हाम्रो व्यवस्थापिका कार्यपालिका, न्यायपालिका, र नेताहरूका घर खरानी हुन्छन् ।’ 

यसमा नेतृत्व पङ्क्तिले चिन्तन गर्नुपर्ने भन्दै यदि नगरेको भए नेपाली कम्युनिस्ट पार्टीले राष्ट्रिय सुरक्षाको चिन्तन गर्नुपर्ने बताए ।

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप