उत्तरी गोरखाबाट सुत्केरी र शिशुको उद्धार
बुधबार, २६ कात्तिक २०८२, २१ : ३५
गोरखा । उत्तरी गोरखाबाट एक सुत्केरी र शिशुको उद्धार गरिएको छ । सडक सञ्जालले नजोडेको चुमनुब्री गाउँपालिका–६ ताजुबाट सुत्केरी रिञ्जिन पाल्मो लामालाई शिशुसहित आज सिम्रिक एयरको हेलिकप्टरबाट उद्धार गरी गण्डकी अस्पताल पोखरा लगिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रेम गुरुङले जानकारी दिए ।
गण्डकी प्रदेशको जोखिममा परेका सुत्केरी तथा गर्भवती महिलाको हवाई उद्धार कार्यक्रमअन्तर्गत उद्धार गरिएको स्वास्थ्य शाखा प्रमुख गुरुङको भनाइ छ ।
लामाको यो पहिलो सुत्केरी हो । उनले चुम्चेत स्वास्थ्य चौकीमा बच्चा जन्माएकी अनमी कल्पना सिंहले जानकारी दिइन् । अवधि पूरा नभई सुत्केरी भएको र शिशुको तौल कम भएकोसँगै दूध चुस्नै नसकेकाले तत्काल उद्धार गर्नुपरेको अनमी सिंहले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्मेनियाका प्रधानमन्त्रीको दललाई बहुमतको सङ्केत
-
गाडी दुर्घटनामा मुस्ताङ घुमेर फर्कँदै गरेका पाँच जना आन्तरिक पर्यटक घाइते
-
१२ बजे १२ समाचार: सत्ता पक्ष र विपक्षी दलबिच संवादहीनता तोडियो, सुधनको सम्पत्तिमा समितिले देखेन खोट
-
स्वीकृतभन्दा बढी शय्या सञ्चालन गर्ने मेडिकलबाट बेरुजु रकम असुल गरिने
-
परराष्ट्रमन्त्री खनालद्वारा बेलायतका रक्षा मन्त्रीसँग भर्चुअल बैठक
-
औद्योगिक क्षेत्रको बक्यौता नतिर्नेमाथि कठोर कदम: सात दिनभित्र भुक्तानी नगरे सञ्चालक नै पक्राउ पर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण