पोर्चुगलले कामदार भिसा रोक्यो, ठगीबाट बच्न दूतावासको आग्रह
बिहीबार, २७ कात्तिक २०८२, ०५ : २१
सारांश
- पोर्चुगल सरकारले २०२५ अक्टोबर २३ देखि कामदार भिसा बन्द गर्ने निर्णय गरेको छ।
- पोर्चुगलस्थित नेपाली दूतावासले ठगी र प्रलोभनबाट बच्न नेपाली नागरिकलाई आग्रह गरेको छ।
- दूतावासले नेपालीहरूलाई पोर्चुगलमा काम लगाइदिने प्रलोभनबाट बच्न आग्रह गरेको हो।
काठमाडौँ । पोर्चुगल सरकारले सन् २०२५ अक्टोबर २३ देखि उच्च दक्ष कामदार बाहेकका सबै प्रकारका कामदार भिसा बन्द गर्ने निर्णय गरेसँगै पोर्चुगलस्थित नेपाली दूतावासले नेपाली नागरिकलाई कामदार भिसाको नाममा हुने ठगी र प्रलोभनबाट बच्न आग्रह गरेको छ।
दूतावासले बुधबार एक विज्ञप्ति जारी गर्दै यस्तो ठगीबाट बच्न आग्रह गरेको हो ।
बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘अझै पनि नेपाल तथा मध्यपूर्वका मुलुक लगायतका क्षेत्रमा बस्ने नेपालीहरूलाई पोर्चुगलमा काम लगाइदिने प्रलोभनमा पारी ठगी गर्ने प्रयास भइरहेको बुझिएको छ । यसर्थ यस्ता गतिविधिमा कोही नलाग्न तथा कसैको बहकाउमा लागेर ठगिनबाट बच्नका लागि आवश्यक सतर्कता अपनाउनु हुन समेत सम्बन्धित सबैमा अनुरोध गरिएको छ।’

Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण