आगामी युद्ध अन्तरिक्षबाट सुरु हुन्छ: म्याक्रोँ
सारांश
- फ्रान्सका राष्ट्रपति म्याक्रोँले अन्तरिक्षमा युद्ध सुरु हुने बताएका छन्, जसले सैन्य गतिविधि बढाउने घोषणा गरे।
- म्याक्रोँले रुसले युक्रेनमा आक्रमण गरेपछि अन्तरिक्षमा जासुसी गतिविधि गरेको र आणविक हतियारको धम्की दिएको आरोप लगाए।
- फ्रान्सले सन् २०३० सम्म अन्तरिक्ष सैन्य गतिविधिका लागि ४.२ अर्ब युरो कोष घोषणा गर्दै अन्य देशको निर्भरता कम गर्ने बताए।
पेरिस । रुसले उत्पन्न गरेको खतरालाई उजागर गर्दै फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले ‘भविष्य’ को युद्ध अन्तरिक्षमा सुरु हुने बताएका छन्।
उनले अन्तरिक्षमा सैन्य गतिविधिमा अरबौँ युरो खर्च बढाउने घोषणा गर्दै बुधबार भने, “अहिले विश्व आकाशमा युद्ध लडिरहेको छ र भोलिको युद्ध अन्तरिक्षबाट सुरु हुनेछ,” म्याक्रोँले फ्रान्सको नयाँ अन्तरिक्ष सैन्य कमान्ड सेन्टर रहेको टुलुसमा भने ।
म्याक्रोँले भने, “अन्तरिक्ष अब अभयारण्य होइन, यो युद्धको मैदान बनेको छ ।”
उनले भने, “रुसले २०२२ मा युक्रेनमा पूर्ण मात्रामा आक्रमण गरेपछि अन्तरिक्षमा ‘जासुसी’ गतिविधिहरू गरिरहेको छ।”
“रुसी अन्तरिक्ष यानहरूले फ्रान्सेली उपग्रहहरूको निगरानी गरिरहेका थिए, त्यहाँ जीपीएस सिग्नलहरू सामूहिक जाम भएका थिए र अन्तरिक्ष पूर्वाधारहरूमा साइबर आक्रमण भएको थियो,” उनले भने ।
म्याक्रोँले अन्तरिक्षमा आणविक हतियारको रुसी धम्कीलाई पनि औँल्याउँदै भने, “अन्तरिक्षमा आणविक हतियारको प्रभाव सम्पूर्ण विश्वका लागि विनाशकारी हुनेछ।”
म्याक्रोँले सन् २०३० सम्म सैन्य अन्तरिक्ष गतिविधिका लागि थप ४।२ अर्ब युरो ९४।९ अर्ब डलर० को कोष घोषणा गरेका छन् ।
युरोपेली अन्तरिक्ष क्षेत्रमा ‘कमजोर’ रहेको बताउँदै उहाँले भन्नुभयो, “हाम्रा युरोपेली च्याम्पियनहरू विश्व बजारमा प्रतिस्पर्धी हुनुपर्ने आवश्यकतामा पनि जोड दिए।
फ्रान्सको अन्तरिक्ष रणनीतिका लागि उल्लिखित प्राथमिकताहरूमा ‘भविष्यका प्रक्षेपकहरू विकास गर्ने’ र पुनः प्रयोग गर्न योग्य, कम लागतको प्रणोदन र उच्च–थ्रस्ट इन्जिनहरू रहेका छन्।
स्पेस एक्सको नेतृत्व गरिरहेका अमेरिकी अर्बपति एलन मस्क र जेफ बेजोसको ब्लू ओरिजिनको महत्त्वाकाङ्क्षी कार्यक्रमलाई सङ्केत गर्दै म्याक्रोँले भने, “प्रमुख तेस्रो पक्ष शक्ति वा कुनै पनि ‘स्पेस म्याग्नेट’ मा निर्भर हुने प्रश्नै छैन।”
उनले भने, “हामी तयार होऔंः यो जमिनमा, हावा र समुद्रमा सैन्य अभियानको सफलताको लागि एक सर्त हुनेछ।”
उनले भने, “फ्रान्सले जर्मनीसँगको सहकार्यमा उन्नत चेतावनी क्षमताहरूको विकासलाई गति दिइरहेको छ, अन्य राज्यहरूमा निर्भरता कम गर्न ‘अरोर राडार’ प्रणालीको साथ अन्तरिक्ष निगरानीलाई बलियो बनाइरहेको छ।”
उनले भने, “हामी अन्तर्राष्ट्रिय कानुनको सम्मान गर्दै जमिन र अन्तरिक्षबाट कामका माध्यमहरूमा कुनै छलकपटबिना लगानी गरिरहेका छौँ।”
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण