महाराष्ट्रमा सवारी दुर्घटना: सात जनाको मृत्यु
शुक्रबार, २८ कात्तिक २०८२, ०० : २६
सारांश
- पुणे-बेंगलुरु राजमार्गमा भएको सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ।
- एक कन्टेनर अनियन्त्रित भई अन्य सवारीसँग ठोक्किँदा तीनवटा सवारीमा आगलागी भएको थियो।
- उद्धारकर्मीहरूले आगो निभाएपछि सात जनाको शव फेला पारे, जसमा दुई पुरुष, दुई महिला र एक बालिका थिए।
काठमाडौँ । महाराष्ट्रको पुणे–बेंगलुरु राजमार्गमा भएको भीषण सवारी दुर्घटनामा सात जनाको मृत्यु भएको छ।
बीबीसी मराठीका अनुसार, बिहीबार साँझ करिब ५ः४० बजे पुणे नजिकैको नावले पुलमा एउटा ठूलो कन्टेनर अनियन्त्रित भई धेरै सवारीसँग ठोक्किँदा दुर्घटना भएको हो। सो घटनापछि तीनवटा सवारीमा आगलागी समेत भएको थियो।
सूचना पाए लगत्तै दमकल विभागका आठ वटा गाडी र टोली घटनास्थलमा पुगेका थिए। उद्धारकर्मीहरूले दुई वटा कन्टेनर र एउटा कार आगोमा फसेको अवस्थामा भेटेका थिए।
आगो निभाइसकेपछि सात जनाको शव फेला परेको छ । कन्टेनरभित्रका दुई पुरुष र कारभित्र रहेका दुई पुरुष, दुई महिला र एक बालिका छन्।
स्थानीयहरूले दिएको जानकारी अनुसार, कन्टेनरले पछाडिबाट ठक्कर दिँदै अघि बढ्दा आगलागी भएको र धेरै मानिस घाइते भएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण