पूर्व माओवादी नेता दाहालको टिप्पणी: राजनीति सेवाको संस्कृतिमा फर्किएन भने जनताले नयाँ मार्गचित्र कोर्छन्
सारांश
- महेश्वर दाहालले वर्तमान राजनीतिमा पदीय दुरुपयोग, भ्रष्टाचार र विलासी संस्कृति व्यापक भएको बताए।
- उनले माओवादी केन्द्रका नेताहरूले राजनीतिक घटनाबाट पाठ नसिकेको आरोप लगाए र नेतृत्व पुरानै ढर्रामा रहेको बताए।
- दाहालले राजनीतिलाई 'धन्दा' बनाउने प्रवृत्ति बढेको भन्दै, सेवामुखी संस्कृतिको खाँचो औंल्याए, नभए जनताको वैकल्पिक ऊर्जाले मार्ग कोर्ने चेतावनी दिए।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीमा आवद्धता जनाएका पूर्व माओवादी केन्द्रका नेता महेश्वर दाहालले आफ्नै पूर्व पार्टी सम्बन्धित समूहमा एक सय ३८ जनाको केन्द्रीय समिति बनाएकोमा तीव्र असन्तुष्टि जनाउँदै वर्तमान राजनीति पदीय दुरुपयोग, भ्रष्टाचार र विलासी संस्कृतिले थला परेको बताएका छन् ।
दाहालले माओवादी केन्द्रका शीर्ष नेताहरूलाई लक्षित गर्दै भदौ २४ मा देखिएको राजनीतिक घटनाबाट कुनै पाठ नसिकेको दाबी गरे । उनका अनुसार जेनजी आन्दोलनले उठाएका प्रश्नहरूले समाजमा चेतनाको नयाँ उचाइ बनाइसकेको अवस्थामा पनि पार्टी नेतृत्व सत्ता र राजकीय शक्तिको आडमा ती आवाजहरूबाट जोगिन खोजिरहेको छ । 'समाज अब नयाँ चेतनामा उठिसकेको छ, तर नेतृत्व पुरानै ढर्रामा अड्किएको देखियो,' दाहालले लेखेका छन् ।
दाहालले पछिल्लो समय राजनीतिलाई ‘धन्दा’ बनाउने प्रवृत्ति व्यापक भइरहेको बताउँदै यसको जिम्मेवारी शीर्ष नेताहरूमै जाने उल्लेख गरेका छन् ।
राजनीति सेवामुखी संस्कृतिमा फर्कनु अत्यावश्यक रहेको उल्लेख गर्दै दाहालले चेतावनी दिएका छन्, 'यदि राजनीति सेवाको संस्कृतिमा फर्किएन भने जनताको वैकल्पिक ऊर्जाले नै नयाँ मार्गचित्र कोर्नेछ, पार्टीभन्दा माथि, आचरणको राजनीतिमा, शब्द र कर्मको एकरूपतामा ।'
दाहालको टिप्पणी माओवादी केन्द्रभित्र पछिल्ला दिनहरूमा उत्पन्न आन्तरिक बहससँग मेल खान्छ । उनको यस अभिव्यक्तिलाई पार्टीभित्र जारी असन्तुष्टि र नेतृत्वप्रति बढ्दो अविश्वासको अर्को संकेतका रूपमा हेरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण