पुर्पक्षका लागि थुनामा रहेका महरा नेकपा केन्द्रीय सदस्यको ७ औँ नम्बरमा
शुक्रबार, २८ कात्तिक २०८२, १६ : २३
सारांश
- नयाँ गठित नेकपाको केन्द्रीय समितिमा कृष्णबहादुर महराको नाम समावेश छ।
- महरा, जो हाल थुनामा छन्, नेकपा माओवादी केन्द्रका पूर्व उपाध्यक्ष हुन्।
- महरा चिनियाँसँग मिलेर भेप तस्करी र यौन काण्डमा संलग्न भएको आरोप लागेको छ।
काठमाडौँ । नवगठित नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय समितिमा पुर्पक्षका लागि थुनामा रहेका कृष्णबहादुर महराको नाम पनि रहेको छ । कात्तिक १९ गते नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी लगायत १२ वाम दल मिलेर बनेको नेकपाले सोही दिन दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको थियो ।
कात्तिक २३ गते आयोग पुगेर नेताहरूले केन्द्रीय समिति, पार्टीको विधान र घोषणापत्र बुझाएका थिए । आयोगमा बुझाएको केन्द्रीय समितिको सूचीमा महराको नाम ७ नम्बरमा रहेको छ ।
माओवादीमा रहँदा उनी उपाध्यक्ष रहेका थिए । चिनियाँसँग मिलेर भेप तस्करी गरेको आरोपमा अदालतमा मुद्दा खेपिरहेका महरालाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले असोज २६ गते पक्राउ गरेको थियो । महरा त्यसअघि सभामुखमा बहाल रहँदा संसद् सचिवालयका एक कर्मचारीसँग यौन काण्डमा थुनामा परेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण