अपडेट
मिथिला बिहारीका वडाध्यक्षको गोली हानी हत्या
शुक्रबार, २८ कात्तिक २०८२, १९ : ५७
काठमाडौँ । धनुषाको मिथिला बिहारी नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष विन्देश्वर यादवको गोली हानी हत्या गरिएको छ । उनीमाथि शुक्रबार साँझ अज्ञात व्यक्तिले गोली प्रहार गरी हत्या गरेको नगर प्रमुख राजेन्द्रप्रसाद यादवले जानकारी दिए ।
घटनापछि स्थानीयले उनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पुर्याएपनि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
यादव स्वतन्त्र रूपमा वडाध्यक्षमा निर्वाचित भएका थिए । प्रहरीले घटनाका विषयमा अनुसन्धान गरिरहेकाे जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘विकासको अन्तिम मापन नागरिकको जीवनस्तरमा आउने सुधारले मात्र हुन्छ’
-
शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजनाः मस्यौदामाथि छलफल
-
सीपीसी र रास्वपाको विचारधारा फरक भए पनि मूल लक्ष्य जनहित र राष्ट्रिय प्रगति नै हो : महामन्त्री आचार्य
-
‘नेपाललाई भू-जडित मुलुक बनाउन बीआरआई आयोजनालाई तीव्र पार्नुपर्छ’
-
विकास बाहिरबाट आयात गर्ने विषय होइन, नेपालको आफ्नै मोडल चाहिन्छ : शाही
-
मुक्तिनाथबाट फर्किने भारतीय पर्यटकले बागलुङमा चहलपहल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण