शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

पशुपंक्षी सम्बन्धी कसुरमा संलग्न २ जना भारतीय पक्राउ

शुक्रबार, २८ कात्तिक २०८२, २० : ५८
शुक्रबार, २८ कात्तिक २०८२

काठमाडौँ । पशुपंक्षी सम्बन्धी कसुरमा संलग्न आराेपमा २ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ महानगरपालिका वडा नम्बर १५ चौमती स्थितमा टहरा भाडा लिई फलामे पिँजडामा ३३ वटा कुकुरको बच्चाहरूलाई निर्दयी तवरले बन्धक बनाई राखेको अवस्थामा प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले शुक्रबार २ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारतको बिहार प्रदेशस्थित पटना घर भई हाल काठमाडौँको वडा नम्बर १५ चौमती बस्ने १८ वर्षीय महमद गुड्डु र सोही ठाउँका २८ वर्षीय महमद नासाद रहेका छन् । 

उक्त कुकुरहरूको उद्धार गरी टिम संकल्प नेपाल संस्थाको जिम्मा लगाइएको पक्राउ परेकाहरूलाई जिल्ला अदालत काठमाडौँबाट पशुपक्षी सम्बन्धी कसुरमा ५ दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी एवं सूचना अधिकारी पवन कुमार भट्टराईले बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप