तेस्रो सातामा चलचित्र ‘परान’ कमाइ कति ?
सारांश
- फिल्म 'परान' रिलिजको तेस्रो सातामा प्रवेश गरेको छ र यसले ७ करोड ५० लाखभन्दा बढीको व्यापार गरेको छ।
- फिल्मले तेस्रो सातामा शो संख्या बढाएको छ, शुक्रबार देशभर २१० शो प्राप्त गरेको छ।
- नयाँ फिल्म नभएका कारण 'परान' ले बक्स अफिसमा लामो यात्रा तय गर्ने अनुमान गरिएको छ।
काठमाडौँ । फिल्म ‘परान’ आफ्नो अभूतपूर्व रिलिजको तेस्रो सातामा प्रवेश गरेको छ। तेस्रो साता प्रवेश गर्दै गर्दा यो भावनात्मक पारिवारिक सिनेमाले दुई सातामा ७ करोड ५० लाखमाथिको ग्रस व्यापार गर्न सफल भएको छ।
आफ्नो प्रदर्शनको तेस्रो सातामा फिल्मले प्राप्त शो सङ्ख्यासमेत बढेको छ । फिल्मले शुक्रबार मात्र देशभर २ सय १० वटा शो प्राप्त गरेको छ। फिल्म हेर्न आउने दर्शकको फुटफलका कारण हलहरूले यो सङ्ख्यामा फिल्मलाई शो उपलब्ध गराएका हुन्। आज (शनिबार) बिदाको दिन पनि यही सङ्ख्याको शो जारी रहने अपेक्षा गरिएको छ।
नेपाली–हिन्दी गरी नयाँ ठुला फिल्म नभएकाले ‘परान’ले वक्सअफिसमा लामो यात्रा तय गर्ने अनुमान नेपाली फिल्मीवृत्तले गर्दै आएको छ। फिल्मले रिलिज हुँदा केबल ६४ शो मात्र पाएको थियो भने पहिलो दिन वक्सअफिसमा ६ लाख रुपैयाँको बिर्सनलायक ग्रस कलेक्सन गरेको थियो।
दीपक प्रसाद आचार्यको डेब्यू निर्देशन रहेको फिल्मलाई गोल्छा समूहका शेखर गोल्छा तथा प्रिज्मा एडभर्टाइजिङका रञ्जित आचार्यको सहस्वामित्वमा रहेको कम्पनी बाइस्कोट सिनेमाले निर्माण गरेको हो।
फिल्ममा नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, महेश त्रिपाठी, प्रविण खतिवडा, अञ्जना बराइली, बुद्धि तामाङ आदिको अभिनय रहेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
-
मोटरसाइकल ट्रकमा ठोक्किँदा एक जनाको मृत्यु, अर्काको अवस्था गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण