छैटौँ संस्करणको टाइगर कप भलिबल आगामी माघमा हुने, पुरस्कार राशि बढ्यो
सारांश
- छैटौँ संस्करणको टाइगर कप भलिबल प्रतियोगिता माघमा पोखरामा हुने भएको छ।
- प्रतियोगितामा विजेताले ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ पुरस्कार पाउनेछन्।
- टाइगर कपमा माल्दिभ्सको पुरुष राष्ट्रिय टिमले पनि सहभागिता जनाउनेछ।
काठमाडौँ । छैटौँ संस्करणको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिता 'टाइगर कप भलिबल' आगामी माघमा हुने भएको छ।
आयोजक टाइगर ग्रुप अफ पोखराले शनिबार काठमाडौँमा पत्रकार सम्मेलन गरी माघ १० गतेदेखि १८ गतेसम्म प्रतियोगिता आयोजना गर्ने जानकारी दिएको हो। प्रतियोगिताका खेलहरू पोखरा रङ्गशालाको भलिबल कोर्टमा हुनेछन्।
प्रतियोगिताको पुरस्कार राशि यस पटक पनि बढाइएको छ। गत संस्करणको विजेताले ५ लाख ८५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गरेकोमा यस पटकको विजेताले ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गर्नेछन्। यसैगरी, दोस्रो हुने टिमले ३ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गर्दा तेस्रो हुने टिमले १ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ पुरस्कार प्राप्त गर्ने टाइगर ग्रुप अफ पोखराका अध्यक्ष नारायण प्रसाद शर्माले बताए।
टाइगर गु्रपका अध्यक्ष शर्मा, कान्तिपुर मिडिया ग्रुपका मार्केटिङ चिफ आदित्य ठाकुर र शुश्री मिडियाका अध्यक्ष सुमन अधिकारीबीच ३ वर्षका लागि त्रिपक्षीय सम्झौता पनि भएको छ। टाइगर कपमा माल्दिभ्सको पुरुष राष्ट्रिय टिमले पनि सहभागिता जनाउने जानकारी दिइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण