मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय

एनपीएलको दोस्रो संस्करण खेल्न नेपाल आइपुगे लाहिरु मिलन्था

शनिबार, २९ कात्तिक २०८२, १६ : ३२
शनिबार, २९ कात्तिक २०८२

काठमाडौँ । श्रीलंकन विकेट किपर तथा ब्याटर लाहिरु मिलन्था परिवारसहित नेपाल आइपुगेका छन् । मंसिर १ गतेबाट हुने आईपीएलको दोस्रो संस्करण खेल्न उनी शनिबार नेपाल आइपुगेका हुन् ।  

उनलाई जनकपुर बोल्ट्सले स्वागत गरेको छ । एनपीएल सिजन–१ मा पनि उनले जनकपुरबाटै खेलेका थिए ।  

बायाँहाते ३१ वर्षीय ब्याटर मिलन्थाले ४६ वटा टी–२० खेलमा १०८२ रन बनाएका छन् । श्रीलंकाको राष्ट्रिय टिममा समावेश नभए पनि उनले फर्स्ट क्लास, लिस्ट ए तथा टी–२० ढाँचाका खेलहरू खेलेका छन् । सन् २०२४ उनी अमेरिकाको टी–२० लिग वासिङ्गटन फ्रीडममा आबद्ध थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप