महायज्ञमार्फत आश्रम बनाउन नौ करोड ६९ लाख सङ्कलन
सारांश
- बागलुङमा मानव सेवा आश्रम भवन निर्माणका लागि आयोजित श्रीमद् भागवत ज्ञान विज्ञान महायज्ञ समापन भयो।
- महायज्ञमा नौ करोड ६९ लाख रुपैयाँ सङ्कलन भयो, जसमा विभिन्न दाताहरूको उल्लेख्य सहयोग थियो।
- महायज्ञको मुख्य उद्देश्य सडक आश्रित, असहाय, अपाङ्गता भएका र घरबारविहीन मानिसहरूको पुनःस्थापना गर्नु थियो।
बागलुङ । मानव सेवा आश्रम बागलुङ शाखाको भवन निर्माणका लागि आयोजना गरिएको श्रीमद् भागवत ज्ञान विज्ञान महायज्ञ समापन गरिएको छ । महायज्ञमा रु नौ करोड ६९ लाख सङ्कलन भएको छ । कात्तिक २१ गतेबाट बागलुङ नगरपालिका–४ स्थित आश्रम निर्माणका लागि आयोजित महायज्ञ शनिबार समापन गरिएको छ ।
महायज्ञमा दानवीरहरूको उल्लेख्य सहभागिता रहेको थियो । महायज्ञमा शुक्रबार मात्र रु एक करोड ३४ लाख सङ्कलन भएको थियो । बिहीबार सबैभन्दा बढी रकम रु एक करोड ६२ लाख सङ्कलन भएको महायज्ञ आयोजक समितिका कोषाध्यक्ष सरिता गौतमले जानकारी दिइन् । महायज्ञमा रु १० करोड सङ्कलन गर्ने लक्ष्य राखिएकामा लक्ष्यको नजिक पुगेको बताउँदै अझै पनि अनलाइनमार्फत सहयोग आउने क्रम जारी रहेकाले रु १० करोड पुग्ने बताइन् । हजारौँ दानतादाहरुको सहयोग रहेको गौतमले बताइन् । उाले बागलुङ, पर्वत, म्याग्दीलगायत देशका विभिन्न स्थानका साथै विदेशमा रहेका नेपालीहरूले अनलाइन ९क्यूआर०मार्फत पनि सहयोग गरिरहेका जानकारी दिइन् ।
महायज्ञमा शनिबार सबैभन्दा बढी रकम बागलुङ नगरपालिका–४ उपल्लाचौर निवासी ऋषिराम गौतम तथा सरिता गौतमले रु छ लाख नौ हजार सहयोग प्रदान गरे । शनिबार आश्रमका चार कोठा निर्माणका लागि एकमुष्ट रु २० लाख सहयोग प्राप्त भएको छ । आश्रम एक कोठा निर्माणका लागि रु पाँच लाख ११ हजार संस्थागत रूपमा समेत प्राप्त भएको थियो । महायज्ञमा रु पाँच हजारदेखि रु १० लाखसम्म रकम सङ्कलन भएको आश्रमले जनाएको छ । मानवीय सेवा सरिक हुँदै मनकारी दाताहरूले उत्साहपूर्ण सहयोग प्राप्त भई महायज्ञ समापन गरिएको आश्रमका अध्यक्ष रामजी अधिकारीले जानकारी दिए ।
सडक आश्रित, असहाय, अपाङ्ग, मानसिक रोगी तथा घरबारविहीन सडक मानवको पुनः स्थापनाका लागि निर्माणाधीन आश्रमको भवनमा सहयोग पुग्ने उद्देश्यले आयोजना गरिएको महायज्ञमा दाताहरूको उल्लेखनीय सहभागिता रहेको थियो । देशविदेशमा रहेका बागलुङवासी, सङ्घसंस्था तथा सहयोगी व्यक्तिहरूले नगद, क्यूआर र अन्य माध्यममार्फत सहयोग प्रदान गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण