झापामा सवारी दुर्घटना : ४ महिनामा १७ जनाको मृत्यु
सारांश
- पछिल्लो ४ महिनामा झापामा सवारी दुर्घटनामा १७ जनाको मृत्यु भएको छ।
- दुर्घटनामा २९ जना गम्भीर घाइते र ६७० जना सामान्य घाइते भएका छन्।
- ट्राफिक नियम उल्लंघन गर्ने ६,१०५ सवारी साधनलाई कारबाही गरिएको छ।
झापा । पछिल्लो ४ महिनामा यहाँ सवारी दुर्घटनामा परी १७ जनाले ज्यान गुमाएका छन् । चालु आर्थिक वर्षको साउनदेखि कात्तिक २९ गतेसम्म भएका सवारी दुर्घटनामा परी १७ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए ।
ती दुर्घटनामा परी २९ जना गम्भीर घाइते भएका छन् भने छ सय ७० जना सामान्य घाइते भएका छन् । असोजमा सबैभन्दा बढी छ जनाको मृत्यु भएको बताउँदै प्रमुख प्रहरी निरीक्षक राईले साउनमा तीन, भदौमा चार र कात्तिकको चार जनाको मृत्यु भएको जानकारी दिए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार अधिकांश घटनामा दुई पाङ्ग्रे सवारी साधन संलग्न छन् । प्रमुख प्रहरी निरीक्षक राईका अनुसार तीन सय ४५ दुर्घटनामा सवारीसाधनको सङ्ख्या भने चार सय ८८ छन् ।
तीमध्ये दुई पाङ्ग्रे तीन सय २६, चार पाङ्ग्रे ९३, मझौला ३४, ठुला ३२ र पहिचान हुन नसकेका तीन वटा सवारी साधन रहेका उनले जानकारी दिए ।
सोही अवधिमा कार्यालयले ट्राफिक नियम उल्लङ्घन गर्ने छ हजार १०५ वटा सवारी साधनलाई कारबाही गरेको छ ।
कार्यालयले साउनमा दुई हजार ५६४, भदौमा एक हजार ९२७, असोजमा दुई सय ७१ र कात्तिकको हालसम्म एक हजार ३४३ वटा सवारी साधनलाई कारबाही गरेको हो ।
सोबापत कार्यालयले रु ५९ लाख ८१ हजार ५३३ राजस्व सङ्कलन गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गगनजीसँग बस्ने एकथरी मान्छेहरू कांग्रेस फुट्नैपर्छ भन्नेमा छन्’
-
दुबईको अफर : आफन्तलाई घुमाउन बोलाए ३ हजार दिरामभन्दा बढीका सुविधा
-
‘रैथाने उत्पादन संरक्षण गर्न भौगोलिक सङ्केतसम्बन्धी कानुन तर्जुमा गरिने’
-
औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार
-
ठमेलमा पर्यटकलाई दुःख दिने र प्रहरीमाथि अभद्र व्यवहार गर्ने २३ जना पक्राउ
-
नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबिच छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण