आयाेगमा निवेदन
यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायबाट दल दर्ताको निवेदन
आइतबार, ३० कात्तिक २०८२, १४ : १७
काठमाडौँ । निर्वाचन आयोगमा पहिलो पटक यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायबाट दल दर्ताको निवेदन परेको छ । आइतबार नुमा लिम्बूको अध्यक्षतामा समावेशी समाजवादी पार्टीले आयोगमा निवेदन दिएको हो ।
यस पार्टीले चुनाव चिह्नका रुपमा ध्वजा वा चक्र प्रस्ताव गरेको छ । प्रक्रिया पुगेमा आजै दल दर्ताको प्रमाणपत्र दिने निर्वाचन अयोगले जनाएको छ ।
निवेदन यसअघि नै दिएपनि हस्ताक्षरका लागि उनीहरू आइतबार आयोगको कार्यालयमा पुगेका हुन् ।
‘सबै वर्ग र समुदायसँग सहकार्य गर्ने गरी हामीले दल दर्ताको निवेदन दिएका हौ’, लिम्बुले भनिन्,‘हामी केही गर्न सक्छौँ भन्ने खुबी छ । सोही अनुसार दल दर्ताको निवेदन दिएका हौँ ।’
आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
-
अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था मिलाउन प्रधानमन्त्रीको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण