आर्थिक समृद्धिका लागि नीतिगत स्थायित्व र लगानीमैत्री वातावरण आवश्यक : अध्यक्ष अग्रवाल
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले देशको आर्थिक समृद्धिका लागि राजनीतिक र नीतिगत स्थायित्वसँगै लगानीमैत्री वातावरण अपरिहार्य रहेको बताएका छन् ।
आइतबार नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको ’अर्थतन्त्रका समसामयिक विषयक’ छलफलमा बोल्दै उनले यस्तो बताएका हुन् ।उनले सरकार र निजी क्षेत्रबिचको सहकार्यबाट मात्रै आर्थिक समृद्धि हासिल गर्न सकिने धारणा राखे ।
अध्यक्ष अग्रवालले हालैका आन्दोलनहरूमा भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै यस्ता घटनाले समग्र व्यावसायिक र औद्योगिक वातावरणमा नकारात्मक असर पारेको बताए ।
उनले भने, 'औद्योगिक र व्यावसायिक प्रतिष्ठानमाथिको आक्रमणले उद्यमी व्यवसायीहरूको मनोबल खस्किएको छ ।'
देशमा अपार प्राकृतिक स्रोत र सम्भावना हुँदाहुँदै पनि लगानीमैत्री आर्थिक नीतिको अभावमा आर्थिक समृद्धि हासिल गर्न नसकिएको उनको भनाइ थियो ।
स्वदेशमा रोजगारीको अभावमा दैनिक २८ सयभन्दा बढी युवा बिदेसिनु परेको तितो यथार्थ प्रस्तुत गर्दै अग्रवालले युवाहरूको असन्तुष्टिको मूल कारण पनि यही भएको बताए ।
उनले ७५ वर्षअघि स्थापना भएको नेपाल चेम्बर अफ कमर्सले देशको प्रजातान्त्रिक आन्दोलनदेखि हरेक परिवर्तनमा उद्यमी व्यवसायीको हितमा दृढतापूर्वक उभिएको स्मरण गराए ।
उनले विदेशी लगानीकर्ताका लागि ’बिप्पा’ (द्विपक्षीय लगानी प्रवर्द्धन तथा संरक्षण सम्झौता) जस्तै स्वदेशी लगानीकर्ताको मनोबल उकास्न तत्काल ’इन्भेस्टमेन्ट प्रमोसन एन्ड प्रोटेक्सन पोलिसी’ ल्याउनुपर्ने बताए ।
भारतमा जीएसटी दर घटेकाले नेपालमा पनि भन्सार दर समायोजन गरी अधिकतम २५ प्रतिशत कायम गर्नुपर्ने । साथै, मूल्य अभिवृद्धि कर (भ्याट) लाई दुई वा बहुदरमा कायम गर्नुपर्ने उनको भनाई थियो ।
सङ्कटग्रस्त सहकारी क्षेत्र र घरजग्गा कारोबारलाई चलायमान बनाउन ’एसेट्स म्यानेजमेन्ट कम्पनी’को स्थापना प्रक्रियालाई तीव्रता दिनुपर्ने माग गरे ।
उनले अर्थमन्त्रीको पहलमा सम्पत्ति शुद्धीकरण विभाग र राजस्व अनुसन्धान विभागलाई अर्थ मन्त्रालयअन्तर्गत ल्याउने कार्यको प्रशंसा गर्दै यसले सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे ।
अग्रवालले सरकारको दृढ सङ्कल्प र निजी क्षेत्रसँगको सहकार्यले देशलाई आत्मनिर्भरताको दिशामा अगाडि बढाउने विश्वास दिलाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण