राजश्व अनुसन्धान विभाग खारेज गरी त्रासरहित र सहज वातावरण बनाउनुपर्छ : पूर्वअध्यक्ष श्रेष्ठ
सारांश
- नेपाल चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष राजेशकाजी श्रेष्ठले व्यवसायीलाई सहज व्यावसायिक वातावरण बनाउन आग्रह गरे।
- उनले राजस्व अनुसन्धान विभागको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै जेन्युन व्यवसायीलाई दुःख दिएको बताए।
- श्रेष्ठले भारतसँग कर प्रणाली समायोजन र ढुवानी लागत घटाउनुपर्नेमा जोड दिए।
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका पूर्व अध्यक्ष राजेशकाजी श्रेष्ठले व्यवसायीहरूलाई त्रासरहित र सहज व्यावसायिक वातावरण प्रदान गर्न सरकारसँग आग्रह गरेका छन् । आइतबार चेम्बर अफ कमर्सले आयोजना गरेको ‘अर्थतन्त्रका समसामयिक विषयक’ छलफल कार्यक्रममा बोल्दै श्रेष्ठले यस्तो बताएका हुन्।
उनले राजस्व अनुसन्धान विभागले जेन्युन व्यवसायीलाई समेत दुःख दिएको भन्दै यस्तो त्रासपूर्ण वातावरणमा व्यवसाय गर्न नसकिने बताए । श्रेष्ठले अर्थमन्त्री खनालकाे सुरुवाती कामले व्यवसायीमा आशा जगाएको समेत बताए ।
उनले राजस्व अनुसन्धान विभागको कार्यशैलीका कारण धेरै व्यवसायी व्यापार नै छाड्ने अवस्थामा पुगेको उल्लेख गर्दै भने- ‘राजस्व अनुसन्धान विभागलाई खारेज गरेर जेन्युन तरिकाले व्यापार गर्ने वातावरण बनाउनुपर्छ । हामी कर छली गर्न चाहँदैनौँ, तर त्रासको अन्त्य हुनुपर्छ ।’
उनले भारतले जीएसटी घटाएपछि सीमामा चोरी पैठारी बढेको बताउँदै नेपालले पनि करका दरहरू समायोजन नगरेसम्म यो समस्या समाधान नहुने तर्क गरे।
‘भन्सारमा सेना राखे पनि यो रोकिँदैन’ श्रेष्ठले भने, ‘जबसम्म भारतसँग हाम्रो कर प्रणाली र दरबन्दी समायोजन हुँदैन, ग्रे मार्केट बन्द हुँदैन ।’ उनले भ्याट लागू गर्दा भन्सार शुल्क क्रमशः हटाउँदै जाने सहमति भए पनि त्यसो नभएकोमा गुनासो गरे।
श्रेष्ठले व्यवसायीहरूका लागि ‘डुइङ बिजनेस कष्ट’ घटाउनुपर्नेमा जोड दिए । विशेषगरी लजिस्टिकको उच्च लागतले नेपाली उत्पादन प्रतिस्पर्धी हुन नसकेको उनको भनाइ थियो । उनले सवारी साधनमा युरो–६ मापदण्ड तत्काल लागू गर्नु अव्यवहारिक भएको र यसले ढुवानी व्यवसायमा नकारात्मक असर पारेको बताए ।
उनले हालैको आन्दोलनबाट क्षति व्यहोरेका उद्योगी व्यवसायीलाई तत्काल बिमा भुक्तानीको व्यवस्था मिलाउन आग्रह गरे । यसले बजारमा सकारात्मक सन्देश जाने र अर्थतन्त्रको ‘चेन इफेक्ट’ बिग्रिनबाट रोकिने उनको विश्वास थियो ।
सरकारले व्यवसायीको क्रय शक्ति बढाउने, रोजगारी वृद्धि गर्ने र स्वेच्छाले कर तिर्ने वातावरण बनाउनुपर्नेमा जोड उनको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण