सडक निर्माणमा ढिलाइ गर्ने २५ निर्माण कम्पनीको ठेक्का रद्द
सारांश
- काठमाडौं सडक डिभिजन कार्यालयले सडक विस्तार र मर्मतमा ढिलासुस्ती गर्ने २५ निर्माण कम्पनीसँगको सम्झौता रद्द गरेको छ।
- कम्पनीहरूले पटकपटकको ताकेता र निर्देशनलाई बेवास्ता गर्दै काम नगरेपछि सम्झौता तोडिएको हो।
- यस निर्णयले वर्षौंदेखि अलपत्र सडक आयोजनाका कारण सर्वसाधारणले भोग्नुपरेको सास्ती कम हुने अपेक्षा गरिएको छ।
काठमाडौँ । काठमाडौँ। उपत्यकाको सडक विस्तार र मर्मत सम्भारमा ढिलासुस्ती गर्दै वर्षौँसम्म आयोजनालाई अलपत्र पार्ने २५ निर्माण कम्पनीसँगको ठेक्का सम्झौता सडक डिभिजन कार्यालय काठमाडौँले रद्द गरेको छ। पटक पटकको ताकेता र निर्देशनलाई बेवास्ता गर्दै काम अगाडि नबढाएका कारण संघीय सुपरिवेक्षण तथा अनुगमन कार्यालयअन्तर्गत डिभिजनले १५ दिने स्पष्टीकरणसहित सूचना जारी गरेको थियो।
उक्त अवधिमा स्पष्टीकरण पेस नगर्ने तथा उपयुक्त कारणसहितको स्पष्टीकरण नदिएका ठेक्का तोडिएको सङ्घीय सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँका प्रमुख शुभराज न्यौपानेले जानकारी दिए । उनकाअनुसार डिभिजनले ठेक्का तोडेका मध्ये साना मर्मतका कामदेखि ठुला सडक निर्माण र सुधारका आयोजनाहरू समेत समावेश छन् ।
यी आयोजनाहरू वर्षौँदेखि अलपत्र पर्दा सर्वसाधारणले धुलो, हिलो र ट्राफिक जामको सास्ती खेप्दै आएका छन् भने सरकारी लगानी पनि जोखिममा परेको छ।
डिभिजनकाअनुसार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय पहुँच सडक मर्मतको जिम्मा पाएको बेबो इन्जिनियरिङ्ग प्रालि, मैत्री अस्पताल–बालाजु औद्योगिक क्षेत्र सडक र सामाखुसी–गोंगबु सडक निर्माणको ठेक्का लिएको त्रिवेणी कन्स्ट्रक्सन कम्पनी प्रालि र सीतापाइला रामकोट सडक निर्माणको जिम्मा पाएको जागृति निर्माण सेवासँगको सम्झौता तोडेको छ।
त्रिपुरेश्वर–कलंकी–नागढुंगा सडकको आवधिक मर्मतको जिम्मा पाएको ओमकार बिल्डर्स, नारायणहिटी दरबार सङ्ग्रहालय क्षेत्रको निर्माण कार्यको जिम्मा पाएको गोरखा एप्रोप्रिएट टेक्नोलोजी फर रि–कन्स्ट्रक्सन र तीनकुने–सिनामंगल–गौशाला सडकको आवधिक मर्मतको ठेक्का पाएको के एन्ड जे कन्स्ट्रक्सन प्रालिले जिम्मा लिएको ठेक्का तोडिएको छ ।
त्यसैगरी, काठमाडौँका विभिन्न स्थानका सडक मर्मत अन्तर्गतका प्याकेजहरूको काम अलपत्र पार्ने सूर्य जीवन कन्स्ट्रक्सन, जय दुर्गामाता बिल्डर्स, उग्रवज्र निर्माण सेवा, सम्झना निर्माण सेवा र राजधानी कन्स्ट्रक्सनसमेतको ठेक्का तोडिएको छ ।
यस्तै लोकवीर/ओमनिलकन्ठेश्वर जेभी, शिशिर निर्माण सेवा, ओम महासरस्वती कन्स्ट्रक्सन, आरबि/रोवी/स्लेट जेभी, कागेश्वरी निर्माण सेवा, युविना कन्ट्रक्सन एण्ड सप्लायर्स प्रालि, गौरीपार्वती/देशप्रेम जेभी, महाकाली भिमसेन निर्माण सेवा, पञ्च कन्स्ट्रक्सन प्रालि, बिएसडि कन्स्ट्रक्सन र जालपा निर्माण सेवा एन्ड सप्लायर्सले जिम्मा लिएका ठेक्का रद्द गरेको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अखिलमा पुनर्गठनको बहस चलाउनुपर्ने आचार्यको जोड
-
परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे, विदेश मन्त्रालयका अतिरिक्त सचिवद्वारा स्वागत
-
स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार संरक्षण गर्न मानव अधिकार आयोगको सरकारलाई निर्देशन
-
स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने
-
मगर खाम भाषामा पठनपाठन सुरु गर्दै रघुगङ्गा
-
विदेशमा पढेर आएका अधिकांश चिकित्सक लाइसेन्स परीक्षामा किन अनुत्तीर्ण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण