ट्याक्टर दुर्घटनामा चालकको घटनास्थलमै मृत्यु
सोमबार, ०१ मङ्सिर २०८२, १८ : ४९
उदयपुर । उदयपुरको कटारी नगरपालिका वडा नम्बर ५ खाँडीखोपमा आज दिउँसो ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।
दिउँसो करिब १ः२० बजे खेत जोत्नका लागि मेसिन जडान गरिएको ट्याक्टर एक ठाउँबाट अर्को ठाउँमा लैजाने क्रममा अचानक पल्टिएको थियो ।
दुर्घटनामा ट्याक्टरले किचेर चालक कटारी नगरपालिका वडा नम्बर ५ सिसाघारी सानोअड्डा बस्ने वर्ष ४४ का भक्तबहादुर जोशीको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।
घटनास्थलमा प्रहरी टोली खटाई आवश्यक कानुनी प्रक्रिया पूरा गरिएको छ । जोशीको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कटारीमा ल्याइएको छ ।
प्रहरीले उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जानकारी दिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याराडोनाको विगतको ‘भविष्यवाणी’ २०२६ को विश्वकपमा भाइरल
-
सरकारले सय दिनमा जनताले महसुस गर्ने गरी काम गर्न सकेन : अध्यक्ष राई
-
नेपालको विद्यालय शिक्षा: निजीमा छोरा पढ्छन्, सामुदायिक छोरीले धान्छन्
-
एल निनो तीव्र बन्दै, चरम मौसमको जोखिम बढ्ने
-
सय दिनमा परराष्ट्र नीतिलाई नयाँ ढङ्गले अघि बढाइएको सरकारी दाबी
-
चिनियाँ प्रहरीको नियन्त्रणमा रहेका दुई नेपाली युवा रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण