शुक्रबार, १९ असार २०८३
ताजा लोकप्रिय

चिनियाँ प्रहरीको नियन्त्रणमा रहेका दुई नेपाली युवा रिहा

शुक्रबार, १९ असार २०८३, १३ : १६
शुक्रबार, १९ असार २०८३

सारांश

  • चीनको सिमानामा घुम्न जाँदा ड्रोन उडाएको आरोपमा पक्राउ परेका दुई नेपाली युवा रिहा भएका छन् ।
  • सिन्धुपाल्चोकको तातोपानी स्थित अध्यागमन कार्यालयका अधिकृतको जिम्मामा उनीहरूलाई चिनियाँ सुरक्षाकर्मीले छाडेका हुन् ।
  • चीनको क्षेत्रमा प्रवेश गरेको आरोपमा ७ दिन न्यालम काउन्टीमा राखेपछि उनीहरूलाई रिहा गरिएको हो ।

काठमाडौँ । काठमाडौँबाट चीनको सिमानामा घुम्न जाँदा ड्रोन उडाएको आरोपमा पक्राउ परेका दुई नेपाली युवा रिहा भएका छन् । चिनियाँ सुरक्षाकर्मीले उनीहरूलाई सिन्धुपाल्चोकको तातोपानी स्थित अध्यागमन कार्यालयका अधिकृतको जिम्मा लगाएका हुन् ।

असार १२ मा काठमाडौँका मनोज प्रजापति र भक्तपुरका सुदीप थापामगरलाई चीनसँग सीमा जोडिएको लप्ची क्षेत्रबाट चिनियाँ सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए । उनीहरू काठमाडौँबाट घुम्न भनेर बिगु हुँदै लाप्ची पुगेका हुन् । ड्रोन उडाएको आरोपमा पक्राउ गरेको भनिएपछि उनीहरूले ड्रोन नउडाएको नेपाली अधिकारीहरूसँग बताएका छन् ।

उनीहरूलाई आफन्तको जिम्मा लगाइएको इलाका प्रहरी कार्यालय कोदारीका इन्स्पेक्टर केशव केसीले रातोपाटीलाई बताए । चीनको क्षेत्रमा प्रवेश गरेको भेटिएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको चिनियाँ सुरक्षाकर्मीहरूले नेपाली अधिकारीहरूलाई बताएका छन् । ७ दिन न्यालम काउन्टीमा राखेर उनीहरूलाई शुक्रबार रिहा गरिएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?